काठमाडौं : एनएमबि बैंक लिमिटेडले आज ९आइतवार० देखि रू। २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री खुला गर्ने भएको छ । कम्पनीले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘एनएमबि ऋणपत्र ८।५–२०८७र८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो ।
प्रति ऋणपत्र रू। १ हजार दरको कुल कित्ता ऋणपत्र मध्ये १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई र ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको ८ लाखमध्ये ५ प्रतिशत दरको ४० लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ७ लाख ६० हजार कित्ता सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सार्वजनिक निष्कासनमा आउन लागेको ऋणपत्रका लागि मात्र आवेदन दिन सकिनेछ । यस ऋणपत्र खरीदका लागि छिटोमा जेठ ५ र ढिलोमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदन दिंदा न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको यो ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस प्रदान गरेको छ । यसले बैंक समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।
यस्ता कम्पनीहरुमा न्युन कर्जा जोखिम रहेको हुन्छ । उक्त ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । उक्त ऋणपत्र विक्रीका कम्पनीले लागि वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।