धनगढी : नेपाल बिद्यार्थी संघ कैलालीका पूर्व अध्यक्ष कृष्ण बहादुर कुवरले आफ्नो जन्मदिनको अवसरमा मास्क वितरण गरेका छन्।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ मा रहेको बसन्त टोल शिविरमा कुवरले मास्क वितरण गरेका हुन्। कोरोना भाईरसको जोखिमलाइ मध्येनजर गरी शिविरका एक सय भन्दा बढी घरधुरीलाइ मास्क वितरण गरेको उनले बताए।
विगतका वर्षहरुमा पनि आफ्नो जन्मदिनको अवसरमा विभिन्न संघ–संस्था तथा विपन्न समुदायलाइ सहयोग गर्दै आएको कुवरले बताए।