धनगढी: नेपालमा कोभिडसँग लडिरहेका फ्रन्टलाईनरलाई आरजु राणा देउबाले बिदेशबाटै धन्यवाद ज्ञापन गरेकी छन । नेपाली कांग्रेसकी नेतृ, पुर्व माननीय संविधान सभा सदस्य तथा समाजसेवी आरजु राणा देउबाले सामाजिक सन्जालमा एक भिडियो साम्रगी सम्प्रेषण गर्दै नेपालका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अस्पतालका कर्मचारी लगायतका फ्रन्टलाईनरलाइ धन्यवाद ज्ञापन गरेकी हुन् ।
कोरोनाको महामारीसँग लड्न बिशेष भुमिकामा रहेका फ्रन्टलाईनरको उच्च सम्मान रहेको बताउदै सँक्रमितहरुलाई स्वास्थ्य लाभको कामना समेत गरेकी छन् ।
उनले महामारीका बेला सम्स्यामा परेकाहरुलाई सक्दो सहयोग गर्ने समेत बताएकी छन् ।