• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा भट्ट सरकार हटाउन एमालेले थाल्यो गृहकार्य, जसपा निर्णायक

"यी हुन् मुख्यमन्त्रीका सम्भावित दाबेदार "

टेकसिँह धामी/धनगढी: नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य संकटमा परेको छ। लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको हो।

विभाजनतिर उन्मुख रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष पार्टी एकता कायम गर्दै सहमतिको साथ अघि बढ्ने मिलन बिन्दुमा पुगेपछि प्रदेशको राजनीतिसमेत प्रभावित बन्ने देखिएको छ।

समर्थन फिर्ता गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने

नेकपा एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिइसकेको जनाएको छ। अब आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउँदै नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने उपयुक्त समय आएको बताएका छन्। यसको आवश्यक गृहकार्य थालिएको समेत उनले बताए।

‘कोभिड महामारीका बेला प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न सकेको देखिएन’ रावलले भने, ‘अब सरकारको विकल्प खोज्नुपर्ने देखिन्छ। हामीले एक महिना पहिले नै सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरिसकेको छौं। त्यो निर्णय कार्यान्वयनको दिशामा जान्छ। हाम्रै नेतृत्वमा सरकार बन्छ।’

मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको प्रदेश सरकारमा अहिले माओवादी केन्द्रका एक र नेकपा एमालेका तीनजना मन्त्री छन्। एमालेबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी छन्। उनीहरू सबै एमालेको माधव नेपाल खेमाका हुन्।

यस्तो छ अंकगणित

सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमाले २५ सिटसहित अहिले सबैभन्दा ठूलो दल छ। माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन्।

माओवादी केन्द्रका १४ जना प्रदेशसभा सदस्य रहेकोमा तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेर पदमुक्त भएका थिए। प्रदेश सरकार गठन गर्न २७ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।

जनता समाजवादी पार्टी निर्णायक

अहिलेको अवस्थामा एमालेलाई सरकार बनाउन थप २ जना प्रदेशसभा सदस्य आवश्यक पर्छन्। एमालेलाई जसपाका दुईजना सांसदले समर्थन गर्नेबित्तिकै एमालेको सरकार बन्ने सम्भावना बलियो छ।

तर, जसपा संसदीय दलकी नेता मालामती कुमारी रानाले केन्द्रमा जस्तै प्रदेशमा पनि पार्टीको भूमिका सरकार बनाउने र गिराउने नरहेको बताइन्। ‘अहिलेसम्म सरकारमा जाने वा समर्थन गर्ने सोच बनाइसकेका छैनौं’ रानाले भनिन्, ‘माननीय रेशम चौधरीको रिहाइ लगायतका हाम्रा थुप्रै माग र मुद्दाहरु छन्। ती सम्बोधन भए सोच्न सकिन्छ।’

जनता समाजवादी पार्टीका दुवै जना सांसद पूर्व राजपा अर्थात् महन्थ ९राजेन्द्र पक्ष०का भएका कारण प्रदेशमा एमालेको सरकार बन्ने सम्भावना निकै बलियो छ।

यी हुन् मुख्यमन्त्रीका सम्भावित दाबेदार

एमालेका हाल मुख्य सचेतक रहेका तारा लामा तामाङ या आन्तरिक मामिलामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश शाह मुख्यमन्त्री बन्ने सम्भावना छ।

जनजाति पृष्ठभूमि र प्रदेशमै सिनियर नेतामध्ये पर्ने भएकाले तामाङको सम्भावना बढी छ। उनी यसअघि कञ्चनपुरको एमालेको निर्वाचित जिल्ला अध्यक्ष थिए। तामाङ र शाह भीम रावल निकट सांसद हुन्। यस्तै, अर्का सांसद दीर्घ सोडारी पनि मुख्यमन्त्रीका लागि दौडमा छन्। ओली पक्षबाट मुख्यमन्त्री बने पहिले भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका पठानसिंह बोहराको सम्भावना बलियो देखिन्छ।

केन्द्रको निर्णय पर्खँदै

माओवादी केन्द्रका वर्तमान मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाएर एमालेको सरकार गठन गर्न केन्द्रको निर्णय पर्खिरहेको एमालेका सांसदहरूले बताएका छन्।

मुख्यमन्त्री भट्टले पदबाट निलम्बन गरेका पूर्वमन्त्री एवं एमाले सांसद पठानसिंह बोहराले अब अहिलेको सरकार परिवर्तन हुने बताए।

उनले भने,‘यो सरकार हिजो एक परिस्थितिमा बनेको थियो। अहिले फरक परिस्थिति छ। संसदमा ठूलो दल एमालेको सरकार गठनका लागि काम हुन्छ,’ एमाले सांसदहरूले सरकार गठनबारे केन्द्रको निर्णय कुरेको उनको भनाइ छ।

माधव नेपाल पक्षका सांसद तारा लामा तामाङले केन्द्रले जे भन्छ त्यही हुने बताए। उनले भने,‘अहिले कोरोनासँग कसरी लड्ने भन्ने नै मुख्य विषय छ, सरकारबारे केन्दमा जे हुन्छ यहाँ पनि त्यही हुने हो।’ नेकपा एमालेमा देखिएको विवाद समाधानतिर गएपछि प्रदेशमा त्यसको प्रभाव परेको हो।

एमालेमा एकता कायम रहे सुदूरपश्चिम प्रदेशमा उसको सरकार बन्ने सम्भावना बलियो छ।

 

शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.