धनगढी: कैलालीमा शनिबार एकै दिन कोरोना संक्रमित ६ जनाको ज्यान गएको छ। सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा उनीहरुको ज्यान गएको हो।
सो अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप पाँच सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आठ सय ३५ जनामा गरिएको परीक्षणमा पाँच सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जसमध्ये पाँच सय ३५ जना कैलालीका मात्रै रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार धनगढी उपमहानगरपालिकाका एक सय ७० पुरुष र एक सय दुई महिला गरी दुई सय ७२ जना तथा जिल्लाकै अन्य पालिकाका एक सय ७५ पुरुष र ८८ महिला गरी दुई सय ६३ जनामा संक्रमण पुष्टि भएको छ।
