धनगढी ३१ बैशाख/सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावललाई पितृशोक परेको छ ।
रावलका बुबा शेरबहादुर रावलको १०१ वर्षको उमेरमा शुक्रबार करिब पौने ५ बजेतिर निधन भएको हो । विक्रम संवत १९७७ साल माघमा अछामको पुल्लेतोलामा जन्मिनु भएका स्वर्गीय रावल साविक बाराला पुल्लेतोला पञ्चायतको पटकपटक प्रधानपञ्च हुनुभएको थियो । उहाकाे दहासंस्कार टिकापुरकाे सनकट्टी घाटमा शनिबार हुने बताईएकाे छ ।
नेपाली काँग्रेस क्षेत्र नं १ कैलालीले समाजसेवी रावलको निधनमा शोक वक्तव्य जारी गरी आत्मा शान्तिको कामनाका साथै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
