• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीमा कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार

धनगढीः डोटीमा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ ।

चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार सेवा दिन थालेका छन् । पालिकामा रहेको स्वास्थ्य कार्यालयमा कोभिड अस्पताल सञ्चालन गरी दश श्ययासहितको आइसोलेशन कक्ष तयार गरी कोरोना सङ्क्रमितको उपचार गर्ने योजनाअनुसार उपचार कार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिनए ।

गाउँपालिकामै कोरोना सङ्क्रमितको उपचार गर्ने जिल्लामा बडिकेदार पहिलो गाउँपालिका भएको अध्यक्ष चन्दको जिकिर छ । उनका अनुसार आइसोलेशनसमेत दश श्ययामा अक्सिजन सहितको व्यवस्था पनि मिलाइएको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार प्रक्रिया शुरु भएको गाउँपालिकामा कार्यरत चिकित्सक डा सुरज श्रेष्ठले बताए ।

उनले भने, “पालिकाको निर्णयअनुसार हामीले दश श्ययासहित अक्सिजनको व्यवस्था गरी कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेका छौँ, कोरोना लागिहाले उपचार नपाएर मर्ने चिन्ता केही हदसम्म अन्त हुने भएको छ ।” यसभन्दा पहिले उक्त गाउँपालिकामा कोरोना सङ्क्रमित भएका व्यक्तिलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल तथा अन्य निजी अस्पतालमा लैजानुपर्ने अवस्था रहेको थियो ।

गाउँमै कोरोना सङ्क्रमितको उपचार गरिन थालेपछि सङ्क्रमितलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने समस्या समाधान भएको भन्दै स्थानीयवासी खुशी भएका बडिकेदार–१ का प्रकाश कलेलले जानकारी दिए । अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्न शुरु गरेपछि सङ्क्रमित बढ्दै गए अक्सिजनको अभाव हुने भन्दै चिन्ता थपिएको डा श्रेष्ठको भनाई छ ।

पालिकाले सञ्चालनमा ल्याएको उक्त कोभिड अस्पतालमा अहिले एक चिकित्सक, मेडिकल अधिकृत, एक हेल्थ असिसटेन्ट, एक अनमी, एक सिएमए र एक कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा कूल १३ कोरोना सङ्क्रमित रहेकामा १२ को होम आइसोलेशन तथा एक जनाको कोरोना अस्पतालमा उपचार भइरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरिमा हालसम्म कूल ४२१ जनामा कोरोना सङ्क्रमण भएको छ ।

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.