• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोना कहरबीच कञ्चनपुरमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण

धनगढी: कोरोना कहरबीच कञ्चनपुरका पाँच स्थानीय तहमा जैविक तटबन्ध निर्माण गरिएको छ। नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत स्थानीय तहहरुसँगको साझेदारीमा जैविक तटबन्ध निर्माण गरेको हो। पाँच स्थानीय तहमा तीन हजार ४०० मिटर जैविक तटबन्ध निर्माण गरिएको परियोजनाका अधिकृत महेश घिमिरेले बताए।

घिमिरेका अनुसार लालझाडी गाउँपालिकाको दोदा नदीमा एक हजार ८००, कृष्णपुर नगरपालिकामा दोदा र वनहरा नदीमा ५५० मिटर, शुक्लाफाँटा नगरपालिकामा स्याली नदीमा ३०० मिटर, पुनर्वास नगरपालिकामा दोदा नदीमा ६०० मिटर र बेलौरी नगरपाालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ। जैविक तटबन्ध निर्माणका लागि ५८ लाख ८९ हजार १३० रुपैयाँ लगानी गरिएको छ। जसमध्ये परियोजनाको तर्फबाट २३ लाख ७९ हजार ६१३, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ४१ हजार ५३१ रुपैयाँ लगानी गरिएको छ।

यसैगरी, स्थानीय तहको तर्फबाट २६ लाख ४३ हजार ५५ र समुदायको तर्फबाट ३२ लाख २५ हजार ४७५ रुपैयाँ लगानी गरिएको छ। जैविक तटबन्ध निर्माण कार्यबाट दुई हजार ६ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन्। जैविक तटबन्ध निर्माणले गत वर्ष भू–क्षय हुँदै आएको २५ बिघा जग्गा संरक्षण भएको छ।

नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टका अनुसार २०६५ सालको विनासकारी बाढीबाट क्षति भएपछि जैविक तटबन्धको अवधारणा अघि सारिएको बताए। ‘विभिन्न संघ संस्था र परियोजनासँग मिलेर जिल्लामै पहिलोपटक जैविक तटबन्ध निर्माण सुरु गरिएको छ,’ उनले भने, ‘थोरै लागतमा समुदायको सहभागितामा निर्माण गरिने जैविक तटबन्ध प्रभावकारी हुँदै गएपछि यसको माग बढ्दो छ। जैविक तटबन्धले हजारौं बिघा जग्गा भू–क्षय हुनबाट जोगिएको छ।’

लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले दोदा नदीमा आउने बाढीका कारण हुने भू–क्षयको कार्य जैविक तटबन्धको कारणले रोकिएको बताए।

 

शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.