• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीका स्थानीय तह आइसोलेसन निर्माणमा जुट्न थाले

बैतडी: नयाँ भेरियन्टसहित दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैतडीका स्थानीय तहहरूले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारी थालेका छन्।यहाँका स्थानीय तहहरूले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएका छन्।

जिल्लाका १० वटै स्थानीय तहमा गरी हालसम्म १८ स्थानमा आइसोलेसन सेन्टर स्थापना भइसकेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना भइसकेको छ भने जिल्लाका १० ओटै स्थानीय तहका विभिन्न ठाउँमा कोरोना संक्रमितहरूलाई राख्नका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएका हुन्। स्वास्थ्य प्रमुख भट्टले भने, ‘जिल्लाका १८ ठाउँमा २ सय ५६ बेडका आइसोलेसन सेन्टर तयार भएका छन्, आइसोलेसन निर्माण गरिएका भए पनि बस्ने संक्रमित संख्या न्यून छ।’

सबैभन्दा बढी सदरमुकामस्थित जगन्नाथ क्याम्पसमा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ। जिल्ला अस्पताल बैतडीमा १६ बेडको आइसोलेसन सञ्चालनमा रहेको छ भने रेडक्रस भवन शाहीलेकमा १९ बेडको आइसोलेसन बनाइएको छ।

यस्तै यसैगरी पाटन नगरपालिका अन्तर्गत शहरी विकासको भवनमा २४ बेड,सिद्धेश्वर मावि हुक्केडाँडामा ७ बेड, उदयदेव मावि किम्तोलीमा १२ बेड र सिद्धेश्वर मावि मेलचोरामा १७ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै अस्थायी कोरोना अस्पताल मेलौलीमा ५ बेड, अस्थायी कोरोना अस्पताल दोगडाकेदारमा १२ बेड, सुर्नयाको बासुलिंग स्वास्थ्यचौकीमा ३२ बेडको आइसोलेसन बनाइएको छ। यसैगरी अस्थायी कोरोना अस्पताल सिगासमा ८ बेड र सिगासकै गाँजरी स्वास्थ्यचौकीमा ९ बेडको आइसोलेसन निर्माण गरिएको हो।

यसैगरी अस्थायी कोरोना अस्पताल पुर्चौंडी, अस्थायी कोरोना अस्पताल शिवनाथ र अस्थायी कोरोना अस्पताल पञ्चेश्वरमा ५र५ बेडका आइसोलेसन सञ्चालनमा ल्याइएको जनाइएको छ।

यसैगरी अस्थायी कोरोना अस्पताल डिलाशैनीमा १० बेडको आइसोलेसन निर्माण गरिएको बताइएको छ। शिवनाथ गाउँपालिकाको नागार्जुन माविमा १५ र शारदा माविमा ५ बेडको आइसोलेसन सञ्चालनमा ल्याइएको छ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा ६ सय बढी सक्रिय संक्रमित भएपनि हाल १ सय १५ जना मात्रै आइसोलेसनमा बसिरहेका छन्। भने अरु सबै होम आइसोलेसनमा रहेका छन्।

संक्रमितले घरमै बसेपनि होम आइसोलेसनको पालना नगर्दा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिँदै गएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले बताए। उनले भने, ‘संक्रमितले संस्थागत आइसोलेसनमा बस्न नमान्दा संक्रमणको जोखिम बढेको छ, यसमा स्थानीय तहले चासो दिनुपर्छ,ु अझै पनि स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि संक्रमण तीव्र गतिमा फैलिरहेको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जेठ २ गतेसम्म निषेधाज्ञा समेत जारी गरिसकेको छ। निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले अनुरोधसमेत गरेका छन्।

साथै खाद्यान्न, फलफूल, तरकारीका पसल बिहान ७ देखि १० बजेसम्म खुला गर्ने, भीडभाड हुने खालका कुनै पनि गतिविधि नगर्ने, अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने जनाइएको छ।

निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक रोग ऐन अनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ। जिल्लामा हाल ६ सय जना कोरोनाका सक्रिय संक्रमित छन् भने ५ जनाको मृत्यु भइसकेको छ।

 

मङ्गलबार, बैशाख २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.