• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अक्सिजन हाहाकार: सुदूरपश्चिममा कोरोना मृत्युदर उच्च

धनगढी: कैलालीको धनगढी, हसनपुरका ४५ वर्षीय राजु श्रेष्ठलाई एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा केही कठिनाइ भएपछि चार दिन अघि उनलाई धनगढीको एक निजि अस्पताल भर्ना गरियो । तर, अस्पतालमा अक्सिजन अभाव हुन थाल्यो । अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे । तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे ।

‘कोभिड अस्पतालमा अक्सिजन आपूर्ति सहज होला भनेर सेतीमा भर्ना ग¥यौं ।’ राजुका भतिजा बाबुराजा श्रेष्ठले भने । तर, सेतीमा पनि अक्सिजन अभाव शुरु भइसकेको थियो । एकातिर अक्सिजनको अभाव, अर्कोतर्फ गम्भीर भएमा आइसीयू र भेन्टिलेटर सपोर्टको सुविधा उपलब्ध हुने सम्भावना नदेखेपछि परिवारले उनलाई काठमाडौं लैजाने निधो गरे । काठमाडौं लैजान सजिलो थिएन । अनेक प्रयासपछि सर्वोच्च अदालतका एक जना वरिष्ठ न्यायाधीशको पहलमा सिम्रिक एयरको हेलिकोप्टर धनगढी आउन तयार भयो

त्यसका लागि परिवारले १० लाख रुपैयाँ तिरे । शनिबार बिहान ११ बजे धनगढी स्थित कभर्ड हलमा अवतरण गरेको हेलिकोप्टर उनलाई बोकेर काठमाडौं उड्यो । तर, काठमाडौं पुग्दा उनको मृत्यु भइसकेको थियो । पछिल्लो समयमा सुदूरपश्चिममा कोरोना संक्रमितले सरकारी र निजि अस्पतालहरु भरिएका मात्रै छैनन् की ती अस्पतालका आईसियु र भेन्टिलेटर पनि पाउन नसकिने स्थिति सिर्जना भएको छ । जस कारण सुदूरपश्चिमवासीहरुले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा पछिल्लो ८ दिनमा एक सय जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङक अनुसार पछिल्लो ८ दिनमा १०० संक्रमितको मृत्यु भएको छ । १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना र २५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् । यो तथ्यांकलाई हेर्ने हो भने औसतमा दैनिक १३ जना कोरोना संक्रमितले ज्यान गुमाईसकेका छन् । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको छ ।

भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए । अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उनको भनाई छ । अक्सिजनको पर्याप्त आपूर्ति भर्ना भएकै बिरामीलाई दिन नसकिएको मेसु पाण्डेयले बताए । आपूर्ति सहज नभएपछि अक्सिजन सपोर्ट दिईरहेका बिरामीलाई समेत बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ ।

‘भर्ना भएर नियमित दिँदै आएका बिरामीलाई समेत अक्सिजन दिन सकिएको छैन ।’ पाण्डेयले भने, ‘नयाँ भर्ना हुने बिरामीलाई त तत्काल अक्सिजन उपलब्ध गराउन सकिने अवस्था नै छैन ।’ धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । अधिकांश अस्पतालमा रहेका संक्रमित अक्सिजन अभावमा छटपटाइरहेका छन् । संक्रमितका आफन्तहरु धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पाउन नसकेको गुनासो गर्छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका स्थायी घर भएर जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एवम् वरिष्ठ कविराज ९निरीक्षक० लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भयो । केही दिन अघि कोरोना पुष्टि भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा अक्सिजन अभावमा शनिबार बिहान मृत्यु भयो । ४५ वर्षीय जोशी उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका थिए । भारतबाट फर्किएपछि उनीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनका लागि आवश्यक अक्सिजनको खोजीका लागि साथीभाई र आफन्तहरुले कुनै कसर बाँकी राखेनन् । तर अक्सिजन नपाउँदा जोशीले मृत्युसँग हार व्यहोरे ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च हुँदै गएको छ । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै कडा लक्षण भएका विरामी थपिदा अक्सिजनको अभावले ज्यान गुमाउनेको संख्या अत्याधिक हुदैं गएको छ । सुदूरपश्चिम प्रदेशमा २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । सुरुवाती केही महिनासम्म कोरोना संक्रमण दर उच्च रह्यो । तर माघदेखि फागुन महिनामा संक्रमण दर घटेको थियो । चैतदेखि पुनः संक्रमण बढेको हो । नयाँ प्रकृतिको कोरोना सहित संक्रमण दर बढ्न थालेको छ । योसँगै मृत्यु दर पनि बढेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिममा हालसम्म १९ हजार बढीको पीसीआर पोजिटिभ देखिएको छ । जसमध्ये १५ हजार निको भईसकेका छन् । हालसम्म सुदूरपश्चिममा कोरोनाका कारण एक सय ९८ जनाले ज्यान गुमाएका छन । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, “अरु देशसँग तुलना गर्दा हाम्रो यहाँ न्यून हो । तर पहिले एउटै भेरियन्ट थियो । आजभोली अर्को नयाँ युके भेरियन्ट आएको छ । संक्रमण दर र मृत्यु दर पनि बढेको छ । त्यसैले अझ धेरै सजकता अपनाउन जरुरी छ ।”

बैशाख अघिका ३ महिना यता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको थियो । जुन क्रम अहिले अकल्पनीय रुपमा बढेको छ । वैशाख यता मात्रै एक सय बढी कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले अस्पतालमा सामान्य लक्षणका विरामीलाई भन्दा कडा र जटिल खाले लक्षण देखिने विरामीलाई मात्र भर्ना लिने गरेको भएपनि उपचार गर्ने ठाउँ नभएको बताए ।

शंकास्पद बिरामीको चाप बढेपछि सेतीले बरन्डा र ग्यालरीमा समेत बिरामी राखेर उपचार गरिरहेको छ । कञ्चनपुरको महाकाली अस्पतालमा पनि पर्याप्त अक्सिजन छैन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले आवश्यकताअनुसार अक्सिजनको उपलब्धता नरहेको बताए । बिरामीको संख्या भने बढ्दै गएको उनले बताए ।

सुदूरपश्चिममा केही सातायता कोरोना संक्रमण तीव्र बनेको छ । गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि अक्सिजन आवश्यक पर्छ । गम्भीर अवस्थाका संक्रमित बढ्दै जाँदा अक्सिजनको माग पनि बढेको हो, तर आपूर्ति भने बढ्न सकेको छैन ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिले दैनिक करिब पाँच सय सिलिन्डर अक्सिजन आवश्यक छ । तर, यहाँ दैनिक डेढ सय सिलिन्डर अक्सिजन मात्र उत्पादन भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । ‘तीन वटा अस्पताल र एउटा उद्योगमा गरी डेढ सय सिलिन्डरको हाराहारीमा अक्सिजन उत्पादन हुन्छ । तर, अहिले न्यूनतम दैनिक पाँच सय सिलिन्डर आवश्यक छ ।’ उनले भने– ‘विभिन्न संघसंस्थाले उपलब्ध गराउने सिलिन्डर र नेपालगन्जबाट पनि केही आयात हुने गरेकाले अहिलेसम्म माग धानेको छ ।’ संक्रमितको संख्या बढ्दै गएकाले आपूर्ति बढाउन नसके केही दिनमै अवस्था गम्भीर हुन सक्ने उनले बताए ।

यता सुदूरपश्चिम प्रदेश सरकारले पाँच सय अक्सिजन सिलिन्डर र एक सय अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि प्रक्रिया अघि बढाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्थित स्वास्थ्य निर्देशनालयले खरिद प्रक्रिया अघि बढाएको हो । पाँच लिटर प्रति मिनेट क्षमताका ४० सेट र १० लिटर प्रति मिनेट क्षमताको ६० सेट कन्सन्ट्रेटर खरिद गर्न खोजिएको छ । त्यस बाहेक १० लिटर क्षमताको दुई सय थान सिलिन्ड र ४६ लिटर क्षमताको तीन सय थान किन्न लागिएको निर्देशनालयले जानकारी दिएको छ ।

सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.