• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिममा अक्सिजन लुछाचुँडी, चिकित्सक भन्छन् : स्थिति भयावह हुन सक्छ

टेकसिँह धामी/ धनगढी: कोरोना संक्रमितले सुदूरपश्चिमका सरकारी र नीजि अस्पतालहरू भरिभराउ छन्। सुदूरपश्चिममा कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन अभाव भएको छ। अक्सिजनको सर्पोट चाहिने संक्रमित संख्या बढ्दै जाँदा सीमित अक्सिजन उत्पादन रहेको प्रदेशका अस्पतालहरूमा अक्सिजन चरम अभाव भएको हो।

अक्सिजनका सिलिण्डर आएका बेला संक्रमितका आफन्तको लुछाचुँडी गर्ने गरेको र संक्रमितले अक्सिजन नपाएर ज्यान बचाउन नै गाह्रो भइरहेको अवस्था छ।

‘अक्सिजनको अभाव छ। प्रदेशको एकमात्र उद्योग धनगढीस्थित मालिका अक्सिजन उद्योगले मागलाई धान्न सक्ने अवस्थामा छैन। अक्सिजन खोजिदिनुपर्‍यो भनेर फोन आउने गरेका छन्,’ जिल्ला कोभिड संकट व्यवस्थापनका संयोजकसमेत रहेका कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भने, ‘अक्सिजनको अभाव हटाएर संक्रमितलाई अक्सिजन सहज बनाउन हामी लागिरहेका छौं।’

विद्युत् अनियमित हुँदा समस्या

विद्युत अनियमित हुँदा हाल ५५ देखि ६० सिलिण्डर मात्र उत्पादन भइरहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए। सेती प्रादेशिक अस्पतालमा अहिले दिनहुँ डेढ सय जति अक्सिजन सिलिण्डर आवश्यक छ।

यसैगरी, महाकाली प्रादेशिक अस्पतालमा १२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने मात्र रहेको अस्पतलका मेडिकल सुपरिटेन्डेन्ट हरि श्रेष्ठले बताए। अस्पतालमा कम्तीमा प्रत्येक दिन ४० देखि ५० सिलिण्डर अक्सिजन आवश्यक रहेको उनले बताए।

नेपालगन्जबाट मगाउँदा पनि आवश्यकता अनुसार अक्सिजन सिलिण्डर नआएकाले समस्या भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले बताए। ‘अक्सिजनको धेरै समस्या भएको छ,’ उनले भने, ‘अक्सिजन नपाएर बिरामी छटपटाइरहेका छन्।’

बाँकेमा रहेको उद्योगले पनि अहिले कम अक्सिजन सिलिण्डर आपूर्ति गर्ने र सुदूरपश्चिममा उत्पादन नै कम भएकाले अक्सिजनको ठूलो समस्या भएको उनले बताए। डेढ सय अक्सिजन सिलिण्डर खपत हुने ठाउँमा ३ सय सिलिण्डर आवश्यक पर्छ। सेती प्रादेशिक अस्पतालमा जम्मा १ सय १० पुराना र अहिले नयाँ ३५ किनेको सूचना अधिकारी श्रेष्ठले बताए।

अवस्था असामान्य भएकाले अभाव

सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले कोरोना संक्रमणको अहिलेको अवस्था असामान्य रहेकोले क्षमता अभाव भएको बताए। उनले भने,‘अहिलेको असामान्य अवस्था हो, हामी क्षमता विस्तार गर्नमा लागिरहेका छौं।’ अक्सिजन सिलिण्डरको अभाव रहेकाले सिलिण्डर खरिद गर्ने प्रक्रिया थालिएको उनको दावी छ।

चिकित्सक भन्छन्, ‘अक्सिजन आपूर्ति नभए स्थिति भयावह हुन सक्छ।’

नेपालगञ्जमा रहेको अक्सिजन उद्योगले स्थानीय प्रशासनको दवावमा सुदूरपश्चिममा आउने अक्सिजनमा भारी कटौती गरेको छ। सुदूरपश्चिमको सबैभन्दा ठूलो अस्पताल सेती प्रादेशिक अस्पतालमा अक्सिजन अभाव रहेको अस्पतालका मेसु डा। हेमराज पाण्डेयले बताए।

उनले भने, ‘तत्काल अक्सिजन आपूर्ति हुन सक्ने भने स्थिति नभए भयावह हुन सक्छ। धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पर्याप्त छैन।’

यसैगरी सेती प्रादेशिक अस्पतालका कोराना उपचार विभाग प्रमुख डा। शेरबहादुर कमरले निमोनिया देखिने, श्वास फेर्न गाह्रो हुने, अक्सिजन कम हुनेलगायतका लक्षण भएका अस्पतालमै राखेर उपचार गराउनुपर्ने जटिल संक्रमित संख्या बढी भएकाले संक्रमितको उपचारका लागि अक्सिजन अनिवार्य हुनुपर्ने बताए।

कोरोना संक्रमितहरू अक्सिजन नपाएर ज्यान गुमारहेका भन्दै सेती प्रादेशिक अस्पतालले सिलिण्डर खाली भए पनि बुझाउन सार्वजनिक अपिल गरेको छ। विभिन्न संघ सस्थाहरूले सहयोगमा अक्सिजन सिलिण्डरमा जुटेका छन्।

संक्रमण दिनहुँ बढ्दै

प्रदेशमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएको छ। जसका कारण समयमै उपचार नपाउँदा मानवीय क्षति थपिँदै गएको छ। डडेल्धुराको टिम अस्पताल, कैलालीको सेती र कञ्चनपुरको महाकाली अस्पताल सुदूरपश्चिम प्रदेशका मुख्य तीन ठूला अस्पताल हुन्।

यी अस्पताल अहिले कोभिडका बिरामीले भरिएका छन्। सघन कक्षसहित अस्पतालका सबै शैया भरिएपछि संक्रमितलाई आकस्मिक कक्षबाहिरै राखेर उपचार गरिँदै छ। कोरोना भाइरसका कारण स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई समेत भर्ना लिन नसकिने अवस्था रहेको चिकित्सकको भनाइ छ।

 

सोमबार, बैशाख २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.