• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अन्तर्राष्ट्रिय रुपमा ‘सर्टिफाईड’ हुने कैलालीको किसान बहुउद्देश्यीय नेपालको पहिलो सहकारी

कैलाली : कैलाली जिल्लाको लम्की स्थित किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि अब्बल संस्थाको रुपमा विभुषित भएको छ । सदस्य सुरक्षणका विश्वव्यापी सिद्धान्तहरुको पालना गरेको भन्दै संस्थाले अन्तराष्ट्रिय स्तरको ‘स्मार्ट सर्टिफिकेट’ प्राप्त गर्न सफल भएको छ । सदस्य सुरक्षणका सूचकांकहरुको अनुगमन तथा मुल्यांकन गर्ने अन्तराष्ट्रिय सञ्जाल ‘स्मार्ट क्याम्पियन’ ले संस्थालाई सदस्य सुरक्षणमा अब्बल संस्था रहेको ठहर गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

क्याम्पियनले निर्धारण गरेका सदस्य सुरक्षणका ७ सिद्धान्त तथा १९२ मानकहरु किसान सहकारीले पूर्णरुपमा पालना गरेको अन्तराष्ट्रिय अभियानले ठहर गरेको छ । सिद्धान्त अनुसार सहकारी संस्थाले सदस्यहरु माथि अधिक कर्जाको भार नपारेको, वित्तीय सेवाहरुको निर्माण, परिमार्जन तथा वितरणमा प्रभवकारी प्रक्रिया अवलम्बन गर्ने गरेको, वित्तीय सेवाको मुल्य निर्धारण गर्दा जिम्मेवार हुने गरेको, वित्तीय सेवा प्रवाह गर्दा लाग्ने शुल्क तथा मुल्यबारे पारदर्शिता कायम गर्ने गरेको, सदस्यहरुसँग सम्मान जनक व्यवहार गर्ने गरेको, सदस्यका सुचनाहरु गोप्य राख्ने गरेको र सदस्यका गुनासा सुन्ने चुस्त दुरुस्त संयन्त्र निर्माण गरि प्रभावकारी प्रयोग गरेको अभियानले ठहर गरेको छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था सदस्य सुरक्षणका लागि विभुषित हुने नेपालको पहिलो वित्तिय संस्था बनेको छ । यस प्रमाणपत्रको म्याद ४ वर्ष रहनेछ । ४ वर्षपछि पुनः प्रमाणिकरण प्रक्रियामा गई संस्थाले सिद्धान्तहरुको पालनालाई निरन्तरता दिएको साबित गर्न सक्नु पर्ने प्रमणपत्र जारी गर्ने निकाय ‘स्मार्ट क्याम्पियन’ को नीति रहेको छ । किसान सहकारीले सन् २०१५ मा पहिलो पटक सदस्य सुरक्षणमा समर्थन जनाउँदै अभियानमा जोडिएको थियो ।

अन्तर्राष्ट्रिय स्तरबाट प्रमणपत्र प्राप्त गरेपछि संस्थाका अध्यक्ष तथा महाप्रबन्धकले संस्थासंग जोडिनु भएका सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरुलाई बधाई दिनु भएको छ । आगामी दिनमा समेत सदस्य सुरक्षण प्रति सचेत भईरहने थप प्रेरणा प्राप्त भएको महाप्रबन्धक डम्बर बहादुर शाहले जानकारी दिए।

आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.