एकेन्द्र चन्द, डोटी : डोटी गिरिचौकाका स्थानीय बिधुत सेवाबाट बञ्चित भएका छन्। जिल्लाको आर्दश गाँउपालिकाका वडा नम्बर ६ गिरिचौकाका स्थानीय बिधुत सेवाबाट बञ्चित भएका हुन्।
बिधुत अभावका कारण बिद्यार्थीको पठनपाठन लगायत अन्य काममा समेत समस्या भएको गुनासो स्थानीयको छ। गाँउमा बिधुत सेवा नहुँदा मोबाइल चार्ज गर्न निकै समस्या भोग्नु परेको स्थानीयले बताए।
कुटानी पिसानीका लागि मिल सञ्चालन गर्ने योजना प्रभावित भएको छ। उक्त वडामा बिधुत बिस्तार नहुदा करीब ११ सय घरधुरी अन्धकारमा बस्न बाध्य छन्।
बिधुत अभावकै कारण वडा कार्यालयको काम समेत प्रभावित हुने गरेको वडा सचिव श्यामसिंह धामीले बताए।
गाँउपालिकाकै अन्य स्थानहरुमा बिधुत सेवा विस्तार भएको छ। तर उक्त वडामा सेवा सञ्चालन गर्न सरोकारवाला निकाय उदासिन देखिएका छन्।