धनगढी: बैतडीमा विषालु सर्पको टोकाइबाट एकजना बालकको ज्यान गएको छ ।जिल्लाको डिलासैनी गाँउपालिका ५ का बिनाबस्ती बस्ने १२ बर्षीय पवन जोशीको सर्पले टोकेर ज्यान गएको उनको पारिवारिक स्रोतले बताएको छ ।
हिजो विहीबार सर्पको टोकाइबाट ज्यान गुमाएका बालक श्री कफलासैनी माध्यामिक विद्यालय पुजारी गाँउमा कक्षा ८ मा अध्ययनरत थिए ।
