अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं १२ मा रहेको एउटा घरमा आगलागी भएको छ। आज बिहान करिब ५ बजेतिर स्थानिय दिपक साउँदको घरमा आगलागी भएको हो।
ओलानी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक समेत रहेका साउँद आफू बिरामी लगेर काठमाण्डौ गएका बेला आज बिहानै बिधुत सर्ट भएर घरमा आगलागी हुँदा लाखौको सामाग्रीहरु जलेर नष्ट भएको स्थानिय तपेन्द्र खड्काले बताए।
उनको अनुसार आगलागी हुदा घर भित्र रहेको बर्षभरिका लागि राखिएको अन्नपात , लुगाकपडा, ईलेक्टोनिक सामाग्री, घरमा रहेका काठ, अन्य फर्निचर सामाग्री गरेर १२ देखी १५ लाखको सामानहरु जलेर पुरै नष्ट भएको छ।