• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोनाका बिरामीले अस्पताल भरिभराउ, ‘रुखमुनी छहारी’मा उपचार गराउन बाध्य

धनगढी, २४ बैशाख/सङ्क्रमण हुनेदर बढेसँगै प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढी अन्तर्गतको कोभिड अस्थायी अस्पताल सङ्क्रमितले भरिएपछि भएको शय्या र अक्सिजन लगायतका स्रोत साधनको अभावले उपचार व्यवस्थापन असहज बनेको छ। अस्पतालमा बिरामीले खचाखच भएपछि बिरामीहरुलाई रुखमुनी राखेर समेत उपचार गराउन बाध्य भएका छन् ।
मुलुक यतिबेला कोरोना भाइरस महामारीको चपेटामा छ। सुदूरपश्चिम प्रदेश पनि यो रोगको महामारीवाट अछुतो छैन। प्रदेशका तराइका कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमण हुने र मृत्यु हुने दर पहाडी क्षेत्रका जिल्लाको तुलनामा उच्च छ। समुदायमा दैनिक सङ्क्रमण र मृत्युदर बढेको छ।

अस्पतालमा पर्याप्त जनशक्तिसाथै शय्या र अक्सिजनको अभाव सिर्जना हुँदा बिरामीको उपचार व्यवस्थापन असहज बनेको हो। बिरामीको चाप बढेपछि दुई दिनदेखि अस्पताल प्राङ्गणमासमेत शङ्कास्पद सङ्क्रमितलाई राखेर उपचार व्यवस्थापन गर्न थालिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

कोरोनाजस्तो लक्षण देखिएका जटिल प्रकृतिका बिरामीले अस्पतालको आकस्मिक कक्ष भरिएको छ। कतिपयलाई आकस्मिक कक्ष नजिकैको ग्यालरीमा र कतिपयलाई प्राङ्गणमा राखेर उपचार गर्नु परेको श्रेष्ठले बताए। नमूना परीक्षणको नतिजा आइनसक्दै कोरोनाजस्तो लक्षण भएका जटिल प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पताललाई बिरामी थेग्नै मुस्किल भएको छ।

प्रयोगशालामा जनशक्ति न्यून हुँदा नमूना परीक्षण दैनिक बढीमा ५०० हाराहारीमा हुने गरेको छ भने परीक्षण कार्य र नतिजा आउन ढिलाई हुने गरेको छ। अस्पतालका दुई वटा पिसिआर मेसिन मध्ये एउटा मात्र सञ्चालनमा रहेको छ। धनगढीको चटकपुरमा रहेको निजी क्षेत्रको सिपी अस्पतालका डा।सिपी पाण्डेय बुधवार बिहान बिरामीका आफन्तलाई कतैवाट सिलिण्डर सहितको अक्सिजन उपलब्ध हुन सके उपचार व्यवस्थापन सहज हुने आग्रह गर्दै थिए।

सङ्क्रमितका आफन्तलाई उनले भने, ‘‘सक्नुहुन्छ भने सङ्क्रमितलाई सुविधा सम्पन्न ठाउँमा उपचार गराउन लैजानुस्, नसके अस्पतालमा अक्सिजन उपलब्ध गराउनुहोस्, अवस्था जटिल भइसक्यो।’’ कोभिड अस्थायी अस्पताल भरिभराउ हुँदा पछिल्ला दिनमा धनगढी र आसपसका कतिपय निजी अस्पतालमा समेत कोभिड वार्ड सेवा थालिएको छ। तर यी अस्पतालमा सङ्क्रमितको सहज उपचार व्यवस्थापनमा समस्या भइरहेको छ।

यतिवेला समुदायका कतिपय घर परिवारका सदस्यहरु रुघा खोकी, ज्वरो आउने, टाउको दुःख्ने जस्ता रोगको लक्षणले ग्रसित भइरहेका छन्। यस्तो लक्षण भएका धेरैले परीक्षणको व्यवस्था सहज नहुँदा नमूना परीक्षण गराउन सकिरहेका छैनन्। नतिजा पोजेटिभ आइहालेमा मनोबल झन खस्किन सक्ने भन्दै अन्य कतिपय यस्ता बिरामी नमूना परीक्षण गराउन डराउन नै थालेका छन्।

सेती प्रादेशिक अस्पतालमा मात्रै पछिल्लो हप्तामा छ महिला सहित २५ सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ। अघिल्लो हप्ता उपचारमा रहेका सङ्क्रमितको मृत्यु हुने दर यो भन्दा न्यून थियो। प्रयोगशालामा यो हप्तामा दुई हजार ७६१ को नमूना परीक्षण गरिएकोमा एक हजार ११३ मा सङ्क्रमण भएको नतिजा आएको छ। प्रदेशमा भने हालसम्म एन्टिजेन परीक्षणवाट पोजेटिभ देखिएका मध्ये ४४ को र पिसिआरबाट पोजेटिभ देखिएकामध्ये ९० जनाको मृत्यु भएको छ।

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङकका अनुसार हालसम्म एन्टिजेन परीक्षण २८ हजार ८२९ जनाको गरिएकोमा तीन हजार ३४५ मा कोरोना पोजेटिभ देखिएको छ। यस्तै पिसिआरबाट हालसम्म एक लाख ४५ हजार ८१९ को नमूना परीक्षण भएकोमा १७ हजार १३० जनामा सङ्क्रमण भएको पाइएको छ। सङ्क्रमितमध्ये नौ वर्ष उमेरसम्मका बालिका ३४५ र बालक ४९७ जना छन्। सबैभन्दा बढी २० देखि २९वर्ष उमेर समूहका चार हजार ४४३ पुरुष र एक हजार ७०महिला सङ्क्रमित भएका छन्।

प्रदेशमा सङ्क्रमित हुने भन्दा उपचार व्यवस्थापन पछि डिस्चार्ज हुनेहरु न्यून छन्। वैशाख १५ गते अघिको एक हप्ताको तथ्याङ्कमा प्रदेशमा ९६९ जना थपिएकोमा ११६ जना उपचार व्यवस्थापन पछि डिस्चार्ज भएका थिए। पछिल्लो हप्तामा भने २१४ जना मात्र डिस्चार्ज भएका छन्। यो हप्तामा एक हजार ९१३ सङ्क्रमित थपिएका छन्।

सङ्क्रमण बढ्दै जाँदा सक्रिय सङ्क्रमित बढेका छन्। वैशाख ९ गते सम्म प्रदेशमा ४२० सक्रिय सङ्क्रमित बिरामी रहेकोमा बुधवारसम्म यो सङ्ख्या दुई हजार ८४७ जना पुगेको छ। यस्तै अहिलेसम्म पिसिआर जाँचमा पोजेटिभ देखिएकामध्ये बुधवारसम्म निको हुने बिरामी १४ हजार ४४६ पुगेका छन्। एन्टिजेन परीक्षणवाट पोजेटिभ देखिएकामध्ये एक हजार ५१८ निको भएका छन्। एन्टिजेन परीक्षण यही वैशाखवाट सुरु गरिएको थियो।

सेती प्राादेशिक अस्पतालमा व्यवस्था गरिएका दुई थान पिसिआर मेसिन ध्ये एउटा मात्र सञ्चालनमा छ। प्रयोगशाला प्रमुख रमेश शाहीले जनशक्ति अभावले अर्को मेसिन सञ्चालन गर्न नसकिएको बताए। ‘‘दिनमा बढीमा ५०० को हाराहारीका स्वाबका नमूना मात्र परीक्षण गर्न सकिएको छ’’,शाहीले भने। अस्पतालले क्षमता बढाउन नसक्दा नमूना परीक्षणका लागि दैनिक ५०जनाको मात्र नाम दर्ता गर्ने गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले कोरोना भाइरसका शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षणको व्यवस्थापन गरिरहेको छ । पिसिआर परीक्षणको काम सेती प्रादेशिक अस्पतालमा हुने गरेको छ। कोभिड—१९रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिका संयोजक एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई दिनअघि मात्र कैलालीको कोरोना भाइरस सङ्क्रमणको अवस्था, उपचार व्यवस्थापनमा भइरहेको कार्य, रोकथामका लागि अपनाउनुपर्ने कामका बारेमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग टेलिफोनमा कुरा गरेका थिए।

प्रमुख जिल्ला अधिकारी रिजालमा बुधवार कोरोना सङ्क्रमण पुस्टि भएको छ। कोरोना भाइरसको रोकथाम, उपचार व्यवस्थापनका लागि कैलालीको गेटामा नवनिर्मित गेटा मेडिकल कलेज भवनमा होल्डिङ सेन्टर, कोरोना विषेश अस्पताल र आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्ने गरी तयारी भइरहेको छ। धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकालाई यसको व्यवस्थापन गर्ने जिम्मेवारी तोकिएको छ।

शुक्रबार, बैशाख २४, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.