धनगढीः कैलालीको गोदावरी नगरपालिका थप एक साताका लागी बन्द हुने भएको छ। यसअघि २२ गतेसम्मका लागी नगरपालिका बन्द भएकोमा फेरी एक साता थप गरि ३१ गतेसम्मका लागी नगरपालिका कार्यालय बन्द रहने नगरपालिकाले एक सुचना जारी गरि जानकारी गराएको छ।
प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीद्धारा हस्ताक्षरित सुचनामा नगरपालिकामा कार्यरत केही कर्मचारीमा फेरि कोरोना संक्रमण पुष्टि भएकाले २३ गतेदेखी ३१ सम्म नगरपालिका कार्यालय बन्द रहने उल्लेख गरिएको छ।
