धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिँदै गएसँगै कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ।
जिल्ला सदरमुकामको नगरपालिका अमरगढीमा दिनहुँ कोरोना बिरामी फेला पर्न थालेका छन्। डडेल्धुरामा बुधबारसम्म एक सय ९६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
जसमा अमरगढी नगरपालिकामा मात्रै एक सय ४१ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। डडेल्धुरामा समुदायमा समेत कोरोना फैलिएको आशंका गरिएको छ। भारतबाट आएका नागरिकलाई चेकजाँच नगरी सिधैं घर पठाउँदा संक्रमण तीव्र फैलिएको हो।
