• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कोरोनाका बेला भीम रावल सहितका अछामी नेता गायब, सामाजिक सन्जालमा खोजी तिब्र

धनगढी: आफ्नो फेसबुक वालमा पत्रकार मेनुका ढुंगाना लेख्छिन्, कठै मेरो जिल्ला ! उपप्रधानमन्त्री , गृहमन्त्री , रक्षामन्त्री र दर्जनौं सांसदहरू पायो । तर, एउटा भेन्टिलेटर संचालन गर्ने जनशक्ति पाएन ।’ ढुंगानाको यो स्ट्याटसमा प्रतिक्रिया दिने सबैले अछामबाट निर्वाचित सांसदहरूको आलोचना गरेका छन्।

त्यस्तै पत्रकार महासंघ अछामका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना कोरोना संक्रमित मंगला नेरा मावि वलीगाउँका प्रधानाध्यापक बमबहादुर थापालाई श्रद्धान्जली व्यक्त गर्दै लेख्छन्, ‘यतिबेला भेन्टिलेटरसहितको आइसीयु भएको भए होनहार युवा प्रधानाध्यापकको कोभिडका कारण ज्यान जाने थिएन ।

त्यतिका लागि बजेट विनियोजन गर्न नसक्ने हुतिहाराहरु नीतिनिर्माण तहमा पुग्दा अछाममा जटिल अवस्था आएको छ ।’ उनले अछामबाट निर्वाचित सांसदहरूकाे अकर्मण्यतामाथि प्रश्न उठाएका छन्।

‘संघ र प्रदेशका जम्मा ११ जना सांसदहरुलाई धिक्कार छ । जिल्लामा अरुले गरेका र संवत: अछामको भागमा परेर भएका काम पनि जस लिनेहरू यतिबेला कुन दुलोमा छन?’, उनले साेधेका छन्, ‘केन्द्र अनि प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदले आफ्नो तजविजमा वितरण गर्ने बजेटमा स्वास्थ्य क्षेत्र किन समेटिएन? भेन्टिलेटरसहित आवश्यक उपकरण जोहो गर्न र अक्सिजन थेरापीसहितको बेड राख्न साच्चै सांसदहरुलाई किन अफ्ट्यारो भयो ?

यसको उत्तर आम अछामीले खोजिरहेका छन्।’ मंगलसैनस्थित जिल्ला अस्पताल र बयालपाटा अस्पतालमा भ्यान्टिलेटरसहितको आइसियु सुरु गर्न र सबै स्थानीय तहमा अक्सिजन थेरापीसहितको बेडको ब्यवस्थापनमा उनले जाेड दिएका छन्। ‘अझै समय छ । तसर्थ कोभिड – १९ कोरोना संक्रमितको उपचारका लागि आवश्यक उपकरण जुटाई अछामीलाई बचाउने कुरामा जिल्लाका सांसदहरूसहित सहित सबैको ध्यानाकर्षण होस्’, उनले भनेका छन्।

तिमिल्सैनाको पोष्टमा पनि प्राय सबैले अछामबाट निर्वाचित सांसदको आलोचना गरेका छन्। उनीहरूले आफूले जिताएर पठाएका जनताका प्रतिनिधिकाे यस्तो बिषम परिस्थितिमा पनि अत्तोपत्तो नहुँदा दु:ख लागेको बताएका छन्। यसका साथै सामाजिक संजालमा प्रदेश सरकारको पनि कम आलोचना भएको छैन । अछाम बाट तिमिल्सैना लगाएत सामाजिक संजाल फेसवुक चलाउनेहरुले सुदुरपश्चिम प्रदेश सरकार हराएको हुँदा खोजेर नजिकको अस्पताल , आइसोलेसन सम्म पुर्याइदिन अनुरोध गर्दै व्यंग्यात्मक तरिकाले लेखेका छन ।

केहि दिनअघि पत्रकार महसंघ अछामका सल्लाहकार शिवराज ढुंगानाले आफ्नो फेसबुक वालमा अछामबाट निर्वाचित ११ जना सांसद को नामसहितको फोटो हाल्दै लेखे, ‘अछामबाट हाल ११ जना (१२ मा एक पदमुक्त) सांसद छन्। तर जिल्ला अस्पतालमा एकजना दरबन्दीकाे डाक्टर छैन । भेन्टिलेटर अभावमा मृत्यु कुर्नुपर्ने अवस्था छ । कठै मेरो अछाम जिल्ला ! ढुंगानाको उक्त पोष्ट झण्डै ७५ जनाले सेयर गरे, त्यतिले नै कमेन्टमा नेताको आलोचना गरे ।

माथिका त केवल प्रतिनिधि पोष्ट मात्र हुन्। यसैगरी फेसबुक ट्विटर र टिकटकमा हजारौं अछामीले यस्तो महामारीमा नेताले फर्केर नहेरेको गुनासो गरेका छन् । कोरोना भाइरसको दोस्रो लहरमा संक्रमण र मृत्यु दर बढेपछि अहिले अछाममा प्रदेश र केन्द्रका ११ जना सांसदको खोजी भइरहेको छ । अछामस्थित पत्रकारहरुले त सामाजिक सञ्‍जालमार्फत हराएका सांसद खोज्‍ने अभियान नै थालेका छन्।

कोरोना महामारीको अवधिमा ‘निद्रामा’ रहेका सांसदले जनतालाई आश्‍वासन दिनेसमेत काम नगरेको जिल्लावासीको गुनासो छ । जिल्लाका नेताले जनताको मात्रै होइन, अग्रपंक्तिमा खटिएका कर्मचारीको पनि मनोबल बढाउने काम गर्न सकेका छैनन् । पछिल्लो एक वर्षदेखि कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाएका छैनन । तर क्वारेन्टिन अनुगमनमा जाने नाममा प्रदेश र केन्द्रका सांसदहरुले भत्ता बुझेका छन् । आरामदायी गाडीमा सुरक्षासहित उनीहरू घुन्छन तर जिल्लामा कोरोना संक्रमित अक्सिजन नपाएर तड्पिदै ज्यान गुमाइरहेका छन् ।

पूर्व उप-प्रधानमन्त्री डा. भीम रावल कम्तीमा दिनमा दुई पटक सरकारविरुद्ध ट्विट गर्छन् तर आफू निर्वाचित जिल्लामा एउटा भेन्टिलेटर नहुँदा चुइँक्क बोल्दैनन्। राष्ट्रभक्त्ति, देशभक्त्ति देखाउने उनले आफ्नाे जिल्लामा एउटा भेन्टिलेटर पनि ल्याउन सक्दैनन्, अहिले त उनी झन् माैन छन्। अछाम क्षेत्र न २ का सांसद यज्ञ बोगटीले बुधबार जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न र थप स्वास्थ्यकर्मीको माग लिएर स्वास्थ्य मन्त्रीसँग भेट गरेकाे खबर आएको थियाे । तर त्यसपछिको अवस्था जान्न खोज्दा उनको फोन नै उठेन । खासगरी प्रदेश अनि संघका प्रत्यक्ष निर्वाचित सांसद ले अफ्नो तजविजमा बजेट वितरण गर्छन । तर उनिहरुको कोभिड – १९ बाट प्रभवितको उपचारमा ध्यान नपुग्नु दुर्भाग्यपूर्ण हो ।

बिहिबार, बैशाख २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.