धनगढी: केहिदिन यता सुदूरपश्चिम सरकारको ब्यापक आलोचना भइरहेको छ। सामाजिक सन्जालमा सुदूरपश्चिम प्रदेश सरकारको विरोध सहितको आलोचना भएको हो।
दोस्रो लहरको भेरियन्ट कोरोना भाइरसको संक्रमण तिव्र भएसंगै उक्त महामारी रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार सुस्त भएको भन्दै सरकारै खारेजीसम्मका माग राख्दै थुप्रै सुदूरपश्चिमेलीहरुले चर्को आलोचना ब्यक्त गरेका छन्।
सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक बिकास मन्त्री कृष्ण राज सुवेदी लक्षित आलोचना गरिएको छ। अधिकांश सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्,’ प्रदेश सरकारले अक्सिजन आपुर्ति तथा अस्पताल व्यवस्थापनमा लापरवाही गरेको र महामारीका बेला समेत निष्क्रिय बनेको यो सरकारको कामै छैन।’
केहिले त मुख्यमन्त्री हराएको भन्दै महामारीमा नेता चिनिएको प्रतिक्रिया जनाएका छन् । तर मुख्यमन्त्री भट्टको सचिवालयले भने बिरामीले केहि समस्या भएको तर स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले प्रदेश सरकार थप सक्रियताका साथ महामारी रोकथाममा लाग्ने जनाएको छ।