सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई मौसमी रुघाखोकी भएकोमा स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएका छन्।
मुख्यमन्त्री भट्टले आफ्नाे स्वास्थ्यप्रति चिन्ता र चासाे लिएर स्वास्थ्य लाभकाे कामना व्यक्त गर्नेहरुलाई धन्यवाद दिएका छन् ।
माैसमी रुघाले केही दिन नियमित काममा केही असहज भएकाे भएपनि अहिले स्वास्थ्यमा सुधार भईरहेको मुख्यमन्त्री भट्टकाे सचिवालयले जानकारी गराएकाे छ ।