धनगढी,२२ बैशाख। कैलालीको गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माणको कार्य तिव्र गतिमा अगाढी बढेको छ।
उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रि लेखराज भट्टको पहलमा बन्न लागेको आइसोलेसन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा मंगलबार देखि निर्माण कार्य सुरु गरिएको हो।

उक्त स्थलमा सरसफाई तथा भौतिक संरचना निर्माणका लागि नेपाली सेनाको टोली खटाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए। २ हजार क्षमताको आइसोलेसन निर्माण गर्ने भएपनि पहिलो चरणमा ५ सय बेड तयार गरी केहि दिनमै सञ्चालनमा ल्याईने भएको हो।

गेटा मेडिकल कलेजमा बन्न लागेको आइसोलेसनका फोकलपर्सन सर्मानन्द भट्टले अत्तरियाका यूवाहरुको सहयोगमा बेडहरु तयार गर्ने काम भईरहेको बताए।

