धनगढी, २२ वैशाख। धनगढी उप–महानगरपालिकाको वडा नम्बर १४ फुलवारीका स्थानीय अक्कल भण्डारीलाइ सोमवार राति बीजय नाम गरेको फेसबुकबाट रिक्वेस्ट आयो। भण्डारीले पनि आफ्नो क्षेत्रकै सम्झेर उक्त रिक्वेस्टलाइ सहजै स्वीकार गर।
मंगलवार विहानै सोही फेसबुक मार्फत उनलाइ फोन आयो। हिन्दीमा बोल्ने ती व्यक्तिले फोनबाटै भण्डारीलाइ भने, ‘तपाईको नाममा २५ लाखको चिठ्ठा परेको छ। प्रक्रिया अगाडी बढाउनका लागि तपाइले त्यसको ५ प्रतिशत रकम जम्मा गर्नु पर्छ।’
भण्डारीले आफु ठगिमा पर्दैछु भन्ने लागेपछि ती व्यक्तिसँग कुराकानी गर्न बन्द गरेको बताए। कोरोना प्रभावका कारण जारी निषेधाज्ञाको अवधीमा घर परिवारका सबै जना सदस्यहरु फुर्सदमा हुने गरेका कारण पनि ठगि गर्नेहरु संक्रिय भएको हुनसक्ने भनाइ प्रहरीको छ।
अहिलेको समयमा ठग्नेहरु सक्रिय हुने गरेका कारण नचिनेको व्यक्तिहरु विभिन्न प्रलोभन देखाएर आउने फोनहरुमा विश्वस नगर्न र त्यस्तो भए नजिकको प्रहरी कार्यालयलाइ खवर गर्न आग्रह गरिएको छ।
