धनगढी: डोटीमा भाइरल ज्वरोका बिरामी देखा पर्न थालेको छन्। जिल्लाको पुर्बीचौकी गाउँपालिकाका सबै वडाहरुमा यस्तो खाले लक्षणका बिरामी देखा पर्न थालेका हुन्।
गाउँमा दिनहुँ दर्जनौं बिरामी थला परिरहेका छन् । कोरोनाको आशँका भएकोमा उक्त ठाउँमा आज सम्म कुनै पनी बिधिबाट कसैको पनि कोरोना परिक्षण गरिएको छैन् ।
दैनिक जसो दर्जनौं टाउको दुख्ने, ज्वरो आउने, कम्मर दुख्ने, लगायतका लक्षण सहितका बिरामी स्वास्थ संस्थामा आउने गरेका पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ का स्वास्थ्य प्रमुख भक्त ओलीले बताए।
कोरोना परिक्षण गर्ने कुन पनी किसिमको बिधि उपलब्ध नहुदा सामान्य किसिमका औषधी दिएर घर पठाउनु गरेको प्रमुख ओलिले बताए ।