धनगढी: संघिय सरकारको मन्त्रीपरिषदको २० गते साँझ बसेको बैठकले सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुख बर्खास्त गर्न राष्ट्रपति लाई सिफारिस गर्ने निर्णय गर्यो । राष्ट्रपति विद्यादेवि भण्डारीले तुरुन्तै सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला पन्त र गण्डकी प्रदेशका अमिक शेरचनलाई बरखास्त गरेर सुदूरपश्चिम प्रदेशमा सप्तरीका गंगाप्रसाद यादवलाई नियुक्त गरीन् । शितल निवासमा सपथ ग्रहणसमेत गराईन ।
राष्ट्रपतिले नियुक्त गर्ना साथसुदूरपश्चिमका नवयुक्त प्रदेश प्रमुख यादव भने कार्यभार सम्हाल्न सुदूरपश्चिम आउन छाडेर गृह जिल्ला सप्तरी हुइकिए । यादव २० गते नै आफ्नो गृह जिल्लामा कुलदेवता पुजा गर्नु पर्ने भन्दै सप्तरी गएका हुन ।
देशमा कोरोना कहर छ । प्रदेशको नयाँ आर्थिक बर्षको बजेट ल्याउनुपर्ने चटारो पनी छ । तर उनले मन्दीरमा पुजा गर्ने त्यसपछि मात्रै सुदूरपश्चिम जाने भनेर टाप कसेको श्रोतले बताएको छ । प्रदेश प्रमुखले प्रमाणीकरण गर्नु पर्ने थुप्रै विद्येयक रोकीएका छन् । यादव प्रदेश आउन छोडेर पुजा आजामा व्यस्त हुँदा प्रदेश सरकारकारका कामकाज अस्तव्यस्त हुने आशंका व्यक्त गरीएको छ ।
उता नवनियुक्त प्रदेश प्रमुखका छोरा अशोक यादवले भने,’उहाँ प्रदेश प्रमुख नियुक्त पश्चात मन्दीरमा पुजा गरेर मात्रै कार्यभार सम्हाल्ने भनेर गृह जिल्ला जानु भएको छ, अबका केही दिन काठमान्डौं आउने कुरा छ, त्यस पछि मात्रै सुदूरपश्चिम आउनु हुन्छ ।’