धनगढी: नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता राम चन्द्र जोशीको कोरोना सङ्क्रमणबाट निधन भएको छ । कोरोना सङ्क्रमित जोशीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारि श्रोतले जनाएको छ ।
राष्ट्रिय समावेशी आयोगका सदस्य समेत रहेका जोशी एमाले कैलालीका पुराना नेता हुन् । उनको स्थायी बसोबास कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोल हो ।