राजधानीको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भइरहेको अस्पतालले जनाएको छ।
कोरोना संक्रमण भई ११ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएकी शाहलाई गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो।
उनको हाल आइसियूमै राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको अस्पतालले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।
नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य र स्थिर विज्ञप्तिमा उल्लेख छ।