धनगढी: धनगढी उप–महानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरीएको छ ।
आदर्श नव युवा क्लव धनगढीले केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । कोरोनाभाइरसको उच्च जोखिम मोलेर अहोरात्री खटिरहेका सेवा केन्द्रका प्रहरीलाई शान्ति सुरक्षा अमनचयनमा सहज होस् भनेर मास्क, सेनेटाईजर, सावुन सहयोग गरेको क्लवका अध्यक्ष निराजन खड्काले बताए । उनले गत वर्ष पनि केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए ।
सामुदायिक प्रहरी सेवा केन्द्रका सचिव भिम चौधरीले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा क्लवलाई धन्यवाद दिए । स्वास्थ्य सामग्रीको अभावमा प्रहरीलाई काम गर्न समस्या भइरहेको समयमा क्लवले गरेको सहयोग सहनीय भएको सचिव चौधरीले बताए ।