• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

आइसोलेसनमा संक्रमित आमासंगै बालबालिकाहरू

सविता बुढा/धनगढी कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर १ को रैकुवाबिचवा गाउँको नवोदय आधारभुत विद्यालय । केही दिनदेखि यो विद्यालयलाई गाउँपालिकाले कोरोना संक्रमितहरूका लागि आइसोलेशन सेन्टर बनाएको छ । आइसोलेशनमा नौ दिनदेखि कल्पना (उनको अनुरोधमा नाम परिवर्तन गरिएको छ) बस्दै आएकी छिन् । उनीसंगै दुई वर्षको छोरा र छ महिने छोरी पनि संगै बस्छन् ।
छ महिने दुधे बालक छोरीलाई छिनछिनमा पखाला लाग्छ । केही दिनदेखि ज्वरो आएको छ । दुई वर्षको छोरा छेउमै रोइरहेको छ ।
कल्पनालाई सात दिनदेखि रुघाखोकी र ज्वरोले सताएको छ । “मलाई कोरोना संक्रमण देखिएको सात दिन भयो” शनिबार रिपोर्टिङका क्रममा त्यहाँ पुग्दा उनले भनिन्– छोराछोरीको कोराना चेक गरेको छैन । यी दुवै सानै भएकाले मसंगै बस्दै आएका छन् ।
उनी आफु कोरोना संक्रमित भए पनि आफ्ना छोराछोरीहरू सुरक्षित होउन् भन्ने चाहन्छिन् । तर, अवोध छोराछोरीहरू आमा बिना घरमै बस्न सक्ने कुरै भएन । त्यसैले उनले आफू कोरोना संक्रमित भए पनि छोराछोरीलाई आफूसंगै आइसोलेशन सेन्टरमा राखेकी छिन् ।
“छोराछोरीहरू अलग्गै बसेको भए सायद उनीहरूमा कोरोना संक्रमण हुँदैन थियो होला ?” कल्पनाले निराश हुँदै भनिन्– तर, अहिले उनीहरूमा पनि कोरोनाको लक्षण देखिन थालेको छ । अहिलेसम्म उनीहरूको कोरोना परीक्षण त गरेका छैनौ, तर म संगै बसेकोले उनीहरूमा पनि जोखिम बढेको हुनसक्छ ।
उनको गाउँमा शुरुमा (१३ दिनअघि) एक जना शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती शिक्षक होम आइसोलसनमा बसे । उनले भनिन्– तर, उनले सावधानी अपनाएनन् । र, अहिले उनको परिवारका सबै सदस्य र गाउँका अरु १८ जनालाई कोरोना संक्रमण भएको छ ।
कल्पनाले आइसोलेसन सेन्टरमा आफु र बच्चाहरूका लागि खाना पकाउनु पर्छ ।  लुगाकपडा धुनु पर्छ । बच्चाहरूलाई शौचालय लैजाने, नुहाउने र उनिहरूको हेरविचार सवै गर्नुपर्छ ।
उनीसंगै उनका श्रीमान पनि आइसोलेशनमा बसेका छन् । उनका श्रीमान दिनभरी मोबाइल चलाउँछन् । फेसबुक चलाउँछन् । फोनमा साथीभाईहरूसंग कुरा गर्छन् । तर, उनका लागि भने त्यस्तो अवसर छैन ।
उनी भन्छिन्– मैले हरेक दिन बिहान बेलुका सबैका लागि खाना बनाउनु पर्छ । केटाकेटीलाई हेर्नु पर्छ ।  मसंग मोवाइल फोन पनि छैन । दिनभरी कहिले चौरमा भौतारिन्छु, कहिले कोठामै टोलाएर बस्छु ।
छिनछिनमा पखालाले सताउने गरेको उनकी छ महिने छोरी निकै कमजोर भएकी छिन् । डाक्टरले उनी र छोरीलाई प्रशस्त झोल खानेकुरा खुवाउन भनेका छन् । “डाक्टरले पखाला लागेपछि झोल खानेकुरा खुवाउनु पर्छ, पोषिलो खाना खानुपर्छ भन्नुभएको छ” उनले भनिन्– अब म यहाँ के खुवाऊ ?
आइसोलेसन सेन्टरमा झोल कुरा तथा पोषिलो खानेकुरा उपलब्ध छैन । उनको ससुराले घरबाट चामल, दाल, पिठो, नुनतेल, तरकारी आइसोलेशन सेन्टरमा पु¥याउँछन् । “त्यही पकाएर छोराछोरीलाई खुवाउने गरेकी छ्” उनले भनिन् ।
आइसोलेशन सेन्टरमा सुद्ध पिउने पानीको पनि व्यवस्था छैन । हेन्डपम्पको गन्हाउने पानीमा नै संक्रमितहरूले गुजारा चलाइरहेका छन् ।
कल्पना कोरोना भाइरस संक्रमित भएसंगै बेरोजगार पनि बनेकी छिन् । उनी आइसक्रिम बेचेर परिवारको लालनपालन गर्दै आएकी थिइन । आइसक्रिम बेचेर दैनिक प्राप्त हुने आम्दानी अहिले गुमेको छ ।
कञ्चनपुर जिल्लामा पनि अहिले कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन लागू गरिएको छ । उनलाई केही दिनमा कोरोनाबाट मुक्ति पाइने आशा छ । तर, लकडाउन भएकाले आइसक्रिम बेच्ने काम जारी राख्न पाउनेमा शंका छ । त्यसैमा कोरोना मुक्त भए पनि गाउँका मानिसले उनीप्रति कस्तो व्यवहार गर्लान् ? भन्ने आशंका पनि छ ।
कल्पनाजस्तै त्यो आइसोलेशनमा बालबच्चासहित अन्य दुई जना महिला पनि बसिरहेका छन् । त्यो आइसोलेसनमा तीन जना बालबालिका पनि आमासंगै बस्दै आएका छन् ।
नवोदय स्कूलको आइसोलेशन सेन्टरमा बसिरहेकी अर्की महिला रमा (नाम परिवर्तन) ले भनिन्– गाउँमै सानोतिनो काम गरेर गुजारा चलाउँदै आएको हामीहरूलाई पनि कोरोनाले छोडेन । सुरुमा कोरोना संक्रमित भएका एक जनाले सावधानी नपाउँदा अहिले हामी र हाम्रो बालबच्चाले यो समस्या झेल्नुपरेको छ ।
रमासंगै उनको तीन वर्षको छोरा पनि आइसोलेशनमा बसिरहेका छन् । उनलाई आफ्नो भन्दा पनि छोराको चिन्ताले निकै सताइरहन्छ ।
उनी भन्छिन्– म त जे पनि सहन सक्छु, तर छोरालाई ज्वरो, रुघाखोकी, झाडापखालाले सताएको देख्दा मन सम्हाल्न निकै गाह्रो हुन्छ । छोरो बिरामी छ, तर उसलाई पोषिलो खानेकुरा, फलफूल, गेडागुडीको झोल केही पनि खुवाउन सकेकी छैन ।
त्यो आइसोलसनमा बसेकाहरू सबै उनकै गाउँका हुन् । सबै जना गाउँकै चिनेजानेका मान्छे भएकाले महिलाहरूलाई केही सहज भएको छ । तर बालबालिका सहित आइसोलेशनमा बस्नु परेका कारण संक्रमित आमाहरूलाई भने निकै गाह्रो भइरहेको छ ।
रमा भन्छिन्– बालबच्चासहित आइसोलेसनमा बस्नु पर्दा निकै गाह्रो हुँदोरहेछ । आइसोलेशनका कोठाहरू निकै साँघुरा छन् । एउटै कोठामा आठ जनासम्म बस्नु परेको छ ।
त्यो आइसोलेसनमा एउटा मात्र शौचालय रहेको छ । आइसोलेसनमा बस्ने बालबालिका, महिला, पुरुषले त्यही सौचालय प्रयोग गरिरहेका छन् ।
लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले कोरोना संक्रमण गाउँमै भित्रिसकेको देखिएको बताए । उनले भने– संक्रमण बढ्न थालेकोले हामीले स्कुललाई आइसोलेशन सेन्टर बनाएर व्यवस्थापन गर्ने प्रयास गरिरहेका छौं ।
अध्यक्ष बडायकले आइसोलेसन सेन्टरमा आमाहरूसंगै बालबच्चाहरू पनि बसिरहेकोले उनीहरूको खानपिनको व्यवस्था गर्न कठिनाई भइरहेको बताए । उनले भने– हामीले आइसोलेसन सेन्टरमा बस्नेहरूका लागि खानाको व्यवस्था गर्न सकेका छैनौ । हामीले अहिलेका लागि क्वारेन्टिन बनाउने र त्यहाँ आवश्यक परेको खण्डमा स्वास्थ्यकर्मी खटाउने काम वाहेक अरु केहि गर्न सक्ने अवस्था छैन ।
आइसोलेशन सेन्टरहरूमा मात्रै संक्रमित आमाहरूसंगै बालबच्चा बसिरहेको नभई अहिले कोरोना संक्रमितको उपचार भइरहेका अधिकांस अस्पतालहरूमा समेत संक्रमित आमासंगै बालबच्चा पनि भर्ना हुन बाध्य भइरहेका छन् ।
संक्रमित आमाहरू भन्छन्– दुधे बालकहरू एक्लै घरमा बस्ने नसक्ने भएकाले संगै राख्नु पर्ने बाध्यता छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले आमा संक्रमित भएपछि उनका बालबच्चाहरू पनि संगै आउने गरेको बताए ।
डाक्टर कमरले भने– गर्भवती महिला, सुत्केरी महिला, बृद्धबृद्धा संक्रमित भएमा उनीहरूमा जोखिमको मात्रा बढि हुन्छ । उनीहरूसंगै बालबालिकाहरू बढि जोखिममा पर्न जाने खतरा हुन्छ ।
“आमा संक्रमित भएमा सकभर बालबच्चाहरूलाई अलग राख्नु राम्रो हुन्छ । उनीहरूसंग दूरी कायम गर्नु पर्छ । आमाले दुधे बच्चालाई दुध चुसाउँदा सुरक्षा अपनाउनु जरुरी हुन्छ” डाक्टर कमरले भने ।
उनले यदि कुनै पनि हालतमा बच्चालाई छुट्टै राख्न नसकिने भएमा र सामाजिक दूरी कायम गर्न सकिदैन भने रोगसंग लड्न सक्ने पोषिला खानेकुरा बढिभन्दा बढी सेवन गर्नुपर्ने बताए । यसले नै आमा र बच्चालाई रोगसंग लड्न सक्ने क्षमतामा बृद्धि गर्ने उनले बताए ।
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा अहिलेसम्म चार हजार पाँच सय १९ जना महिलाहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्  । तीमध्ये दुई हजार छ सय आमाहरू कोरोना संक्रमित भएका छन् । त्यस्तै, नौ वर्ष मुनिका आठ सय ३३ जना बालबालिका कोरोना संक्रमित भएका छन् । कोराना संक्रमित आमाहरूसंगै यतिवेला आइसोलेशन, क्वारेन्टिन तथा अस्पतालहरूमा कम्तिमा २० जना बालबालिका पनि रहेका प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।
बालबालिकाहरूलाई सुरक्षित राख्न कञ्चनपुरका स्थानीय तहहरूले सचेतना दिनेबाहेक अरु काम गर्न सकेका छैनन् । लालझाडी गाउँपालिका अध्यक्ष बडायकले बालबालिकाहरूलाई कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगाउन विद्यालयहरू बन्द गरिएको बताए । उनले भने– बालबालिकाहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएमा आइसोलेसनमा राख्ने र उपचारको व्यवस्था मिलाउने काम गरिने छ ।
उनले संक्रमित आमाहरूसंग बस्ने बालबालिकाका लागि आइसोलेशन वा क्वारेन्टिन सेन्टरमा अलग्गै व्यवस्था गर्न नसकिएको बताए ।
उनले भने– आइसोलेशन वा क्वारेन्टिन सेन्टरहरूमा बालबालिकाका लागि खेलकुद गर्ने व्यवस्था हुनुपर्छ । उनीहरूका लागि पढ्ने सिक्ने वातावरण हुनु पर्छ, तर यसका लागि प्रादेशिक र संघीय सरकारले कुनै ध्यान दिएका छैनन्, स्थानीय तहहरूले एक्लै यो सबै व्यवस्था गर्न सक्दैनन् ।
लालझाडी गाउँपालिका अध्यक्ष वडायकले भनेजस्तै प्रदेश सरकार, स्थानीय तहहरू तथा स्थानीय प्रशासनहरूले बालबालिकाहरूलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन हाललाई विद्यालयहरू बन्द गराएका छन् । तर, आइसोलेशन वा क्वोन्टिन र अस्पतालहरूमा संक्रमित आमाहरूसंग बस्न बाध्य बालबालिकाहरूलाई कसरी सुरक्षित गर्ने भन्नेमा कुनै ध्यान दिएका छैनन् । न त संक्रमित बालबालिकाका लागि विशेष व्यवस्था नै गर्न सकेका छन् ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले पनि बालबालिकाहरूलाई कोरोना संक्रमणबाट जोगाउन विद्यालयहरू बन्द गरिएको बताए ।
मन्त्रालयका सचिव बिष्टले भने– बालबालिकाहरूका लागि भनेरै विशेष रुपमा त्यस्तो कुनै व्यवस्था गरिएको छैन । हामीसंग उपलब्ध स्रोत साधन तथा जनशक्ति परिचालन गरेर काम गरिएको छ ।
उनले बालबालिकाहरूका लागि उपचार गर्न प्रदेशमा अहिलेसम्म छुट्टै अस्पतालन नरहेको बताए । उनले भने– कोरोना संक्रमित बालबालिकाहरूको उपचारका लागि सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म छुट्टै
अस्पताल छैन । यदि बालबालिका संक्रमित भए भने अहिले भएका अस्पतालहरूमा नै उपचार गरिरहेका छौं ।
संक्रमित आमासंगै बालबालिका पनि बस्नु परेको अवस्थाबारे धनगढीका अधिकारकर्मी निर्मला वागचन्द अहिलेको भयावह अवस्थामा बालबालिकामा मनोबैज्ञानिक त्रास बढ्न सक्ने बताउँछिन् । उनी भन्छिन्– अहिले अवस्था निकै डरलाग्दो छ । आइसोलेसन तथा क्वारेन्टिन सेन्टरमा महिलामाथि हिंसा, यौनहिंसा भएका घटना पनि सार्वजनिक भएका छन् । संक्रमित आमा, गर्भवति तथा सुत्केरी आमाहरू र उनीहरूमा आश्रित बालबालिकाका लागि सुरक्षित वातावरण, पोषणयुक्त खानाको भरपर्दो व्यवस्था हुनुपर्नेमा कमजोरी देखिएको छ ।
अधिकारकर्मी बागचन्दले कोरोना संक्रमित वा बढी जोखिममा रहेका महिला, वालबालिका वा अरु सिमान्तकृत समुदायका व्यक्तिको अवस्था के छ भन्ने बारे विश्वसनीय अनुमगन समेत हुननसकेको गुनासो गरिनु । भनिन्– पछिल्ला दिनहरूमा भारतबाट घर फर्केका र कोरोनाको संक्रमण भएकाहरूको अवस्थाबारे तथ्यपूर्ण अभिलेख नै छैन ।
कोरोना संक्रमित भएका आमाहरूसंगै आइसोलेशन, क्वारेन्टिन वा अस्पतालमा बसिरहेका बालबालिकाहरूका लागि छिट्टै विशेष व्यवस्था गरिनु पर्ने अधिकारकर्मीहरूको धारणा छ । उनीहरू भन्छन्– जस्तोसुकै परिस्थितिमा पनि सरकारहरूले नागरिकहरू, त्यसमा पनि बढि जोखिममा रहेका बालबालिका, महिला तथा विपन्न वर्गका नागरिकका प्रतिको दायित्वबाट बिमुख हुन पाउदैनन् ।

मङ्गलबार, बैशाख २१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.