कञ्चनपुर, २१ बैशाख । ह्युमानिटी फाउण्डेसन नेपालले कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताललाई आज बिहान अक्सिजनका ४१ थान सिलिण्डर हस्तान्तरण गरेको छ ।
सुदूर पश्चिमका अस्पतालहरुमा उपपचाररत संक्रमितहरुले अक्सिजनको अभावमा ज्यान गुमाउने क्रम तिब्र भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले पहिलो चरणमा सरकारी अस्पताललाई निशुल्क अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत आज महाकाली अस्पताललाई ४१ थान सिलिण्डर उपलब्ध गराएको हो ।
अक्सिजनको अभावमा संक्रमितहरुको छटपटाएर तथा भौतारिदा भौतारिदै मृत्यु हुन थालेपछि संक्रमितहरुको उपचार गराईरहेका अस्पताललाई ह्युमानिटी फाउण्डेसनले अक्सिजन उपलब्ध गराउन थालेको हो ।
ह्युमानिटी फाउण्डेसनले हिजो सेती प्रादेशिक अस्पताल धनगढीलाई १०० थान र डडेल्धुरालाई १० थान अक्सिजनका सिलिण्डर उपलब्ध गराएको थियो ।
फाउण्डेसनले दोस्रो चरणमा संक्रमितहरुको उपचार गराईरहेका सरकारी संगै निजी अस्पताललाई समेत निशुल्क अक्सिजन उपलब्ध गराईरहेको छ ।
अक्सिजनको अभावमा कसैको मृत्यु नहोस भन्ने उद्देश्यले अक्सिजन उपलब्ध गराउने अभियान शुरु गरिएको फाउण्डेसनले जनाएको छ ।