धनगढी, २१ वैशाख। धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए।