धनगढी, २० बैशाख/नयाँ भेरियन्ट सहितको कोरोनाको जोखिम बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका विभिन्न ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।तराईका दुई जिल्ला कैलाली कञ्चनपुर सहित पहाडी डडेल्धुरा , बैतडी र दार्चुला जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
कैलाली र कञ्चनपुरमा यही बैशाख १६ गतेवाट निषेधाज्ञा लागू गरिएको छ भने डडेल्धुर र दार्चुलामा आईतबारवाट लागू गरिएको छ ।बैतडीमा भने सोमबार देखि निषेधाज्ञा जारी हुने भएको छ । आईतबार बसेको जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिश गरेपछि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले निषेधाज्ञा जारी गरेका हुन्।
संक्रमण रोक्नका लागि जेठ २ गते सम्म निषेधाज्ञा जारी गरिएको उनले बताए। निषेधाज्ञाकाृ समयमा अतिआवश्यक बाहेकका सेवाका साथै निजि तथा सार्वजनिक सवारी साधनमा रोक लगाइएको छ । कैलाली जिल्लामा यही बैशाख १६ गतेवाट एक साताका लागि निषेधाज्ञा जारी गरेकोमा फेरि थपेर बैशाख मसान्त सम्म पुञ्याइएको छ ।
आईतवार बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन समितिको बैठकले कोरोनाको न्युन प्रभाव रहेको कैलालीको चुरे र मोहन्याल गाउपालिका बाहेक जिल्लाका अन्य सबै ठाउँमा बैशाख मसान्त सम्मलाई निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यसका साथै सो बैठकले जिल्लामा अब खाध्य सामाग्रीका पसलहरु पनि बिहान ६ बजेदेखी बिहान ९ बजे सम्ममात्रै संचालन गर्न पाइने निर्णय गरिएको छ ।