धनगढी, १९ बैशाख/ कैलालीको अत्तरियामा प्रहरीले निषेधाज्ञा उलंघन गर्नेहरुलाई अत्तरिया चोकमा होल्ड गर्न शुरु गरेको छ । कोरोना रोकथामको लागी सरकारले जारी गरेको निषेधाज्ञालाई नमानेर साँझ बिहान सडकमा निसक्नेलाई सजाए स्वरुप २० मिनेट सडक मै होल्ड गरेर राखिने ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी प्रेम शाहीले बताए ।
उनका अनुसार आज साँझ मात्रै अत्तरिया चोकमा बिभिन्न ठाउँमा प्रहरी चेकिङका क्रममा झण्डै १०० जनालाई चोकका बिभिन्न ठाउँमा होल्ड गरेर राखिएको छ । प्रहरी आगानी दिनमा पनि यसरी नै बिना काम सडकमा आउनेहरुलाई कार्बाही गर्ने बताएको छ । कैलालीमा निषेधाज्ञा फितलो भएको भन्दै स्थानिय प्रसाशनको आलोचना हुँदै आएको थियो ।