धनगढी, १९ बैशाख/कैलालीमा एक साताको लागि गरिएको निषेधाज्ञा लम्बिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले शनिवार आगामी वैशाख ३० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । यस अघि कैलालीमा वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा गरिएका थियो ।
जिल्लामा संक्रमणदर बढ्दै गएपछि वैशाख ३० गते सम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।
उनका अनुसार संक्रमणको प्रभाव न्यून रहेका चुरे र मोहन्याल गाउँपालिका भने यो निर्णय लागु हुने छैन । वैशाख २० गतेदेखि ३० गतेसम्म बिहान ९बजेदेखि साढे ११ बजेसम्म एउटा बैङ्कको एउटा शाखा मात्र खुला गर्ने गरी निर्णय भएको प्रजिअ रिजालले बताए ।