महेन्द्रनगर१९ बैशाख/ कञ्चनपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यू भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । भीमदत्त नगरपालिका ७ की ५५ बर्षिया महिलाको आईतवार बिहान ५ बजे मृत्यु भएको र अर्का भीमदत्त नगरपालिका १८ का ४७ बर्षका पुरुषको बिहान ८ बजे मृत्यु भएको अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा। गोविन्द रोकायाले जानकारी द्यिएका छन् ।
महिलालाई शनिवार इमरजेन्सि वार्डमा अक्सिजनको सहायतामा उपचार भइरहेको भएपनि स्वासप्रस्वासमा समस्या देखिएको र उपचार गरिरहेको अवस्थामा मृत्यु भएको उनले बताए ।यस्तै पुरुषलाइ १४ गते अस्पतालमा भर्ना गरिएको थियो । १६ गते सघन कक्षमा राखेर उपचार भईरहेको थियो ।
यस्तै आइतबार बिहानै कैलालीमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो । कञ्चनपुर महेन्द्रनगरका ३३ वर्षीय पुरुषको धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।उनमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो । उनको आइतबार बिहान ६ बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।