धनगढी, १७ वैशाख। सुदूरपश्चिममा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३६६ नमूना परीक्षण गर्दा १०४ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ५८ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका ३८ जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
