• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमा शैय्या अभावमा छटपटिदैं संक्रमित, चिकित्सक र नर्सहरू हैरान

धनगढी: सास फेर्न गाह्रो भएपछि मंगलबार धनगढीको सारथि अस्पतालको जनरल वार्डमा भर्ना भएका बाजुराका एक युवक त्यहीं छटपटाइरहेका छन् । कोरोना संक्रमण पुष्टि भएका उनको शरीरमा अक्सिजनको मात्रा ४२ पुगेको छ ।

४८ घण्टाभन्दा बढी समयदेखि मृत्युसँग जुधिरहेको भए पनि परिवारजनले उनलाई उपचार गर्ने ठाउँ पाएका छैनन् । ‘डाक्टरहरूले तत्काल आईसीयूमा राख्न सुझाव दिएका छन् तर ठाउँ छैन,’ बिरामीको हेरचाहमा जुटेका छिमेकी चेतराज रेग्मीले भने, ‘सेती प्रादेशिक अस्पतालमा भर्नाका लागि भएभरको सोर्सफोर्स लगाइसक्यौं तर ठाउँ अभावले कुनै उपाय निस्केको छैन । जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने डरले भयभीत भएर समय गुजारिरहेका छौं ।’ उनलाई अन्य बिरामीसरह सारथि अस्पतालकै जनरल वार्डमा राखिएको छ ।

चार दिनअघि बाजुरा मार्तडीकी एक महिलालाई धनगढीमा अस्पताल चहार्दाचहार्दै आईसीयू नपाएर नेपालगन्ज लगिए पनि ढिलो भएकाले उनको मृत्यु भएको थियो । अहिले कतिपय सिकिस्त बिरामीको अवस्था त्यस्तै भएको सर्वसाधारणले बताएका छन् ।

यता, सेती प्रादेशिक अस्पतालमा चिकित्सक र नर्सहरू हैरान छन् । ‘आँखैअगाडि बिरामीको मृत्यु हुन थाल्यो, हामीले केही गर्न सकिरहेका छैनौं, प्रत्यक्ष रेखदेखमा रहने नर्सिङ स्टाफहरू हायलकायल भइसक्नुभएको छ,’ अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा। नीराजनदत्त शर्मा पौडेलले भने, ‘आईसीयू र भेन्टिलेटरको त कुरै छाडौं, अक्सिजनको अभावले बिरामीहरूको उपचार गर्न सकिएको छैन ।’ यतिबेला सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभावले सेवा प्रभावित भएको छ । ‘अक्सिजनको प्रेसर पुगिरहेको छैन, यसो हुँदा आईसीयू, भेन्टिलेटर र अक्सिजन सपोर्टबाट कुनै पनि संक्रमितको उपचार गर्न सकिएको छैन,’ उनले भने ।

यसैबीच कैलालीका प्रमख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले घरमा राखिएका अक्सिजन सिलिन्डरहरू ट्रेसिङ गरेर जफत गर्न निर्देशन दिएका छन् । प्राइभेट हस्पिटलमा आवश्यकताभन्दा बढी मौज्दात राखिएका सिलिन्डरसमेत झिकाएर सेती अस्पतालमा उपलब्ध गराउन निर्देशन गरिएको प्रजिअ रिजालले बताए । सुदूरपश्चिममा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । स्थानीयले घरघरमा सिलिन्डर राख्ने गर्नाले समस्या भएको स्वास्थ्यकर्मीहरूले औंल्याएका छन् ।

कोरोना अस्पताल रहेको सेती प्रादेशिक अस्पतालमा पनि संक्रमितको चाप बढेर राख्ने ठाउँ छैन । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५७ जना बिरामी छन् । अधिकांशको अवस्था जटिल रहेको नर्सिङ इन्चार्ज सीमा शर्माले बताइन् । धेरैजसोलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भए पनि भेन्टिलेटर आईसीयूको अभाव छ । अस्पतालमा ३ वटा भेन्टिलेटर र ११ वटा आईसीयू मात्र छन् । उपचाररत बिरामीमध्ये ९ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

बिहीबार सुदूरपश्चिममा ११ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । मृत्यु हुनेमा कैलालीका ६, कञ्चनपुरका ३, अछाम र बझाङका एकरएक जना गरी ११ जना संक्रमित छन् । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी–३ बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । कैलाली लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष, घोडाघोडी–१० का ६० वर्षीय पुरुष, धनगढी– ४ का ४० बर्षीय पुरुष र घोडाघोडी–१२ का २८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

कैलालीकै गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । यसैगरी, महेन्द्रनगरस्थित महाकाली अस्पतालमा बुधबार राति दुई जना र बिहीबार बिहान १ जनाको मृत्यु भएको छ । यस्तै, अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ का ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको नेपालगन्जबाट अछाम ल्याउँदै गर्दा बर्दियामा मृत्यु भएको बताइएको छ । बिहीबार जिल्ला अस्पताल बझाङमा उपचाररत एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

 

शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.