धनगढी, १७ वैशाख। कैलालीको गेटा मेडिकल कलेजलाई कोरोना उपचार केन्द्रका रूपमा प्रयोग गर्ने तयारी भएको छ।
कोरोना संक्रमितको संख्य बढ्दै गएपछि मेडिकल कलेजको भवनलाइ उपचार केन्द्रका रुपमा प्रयोग गर्ने तयारी भएको हो।
सङ्घीय सरकार मातहत सञ्चालन हुने उक्त उपचार केन्द्र केही दिनमा कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ सकंट व्यवस्थापन केन्द्रको जिम्मा लगाइने बताइएको छ।