धनगढी, १६ वैशाख/ बिहिबार धनगढीका एक सय ९ सहित एक सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका ६२ पुरुष र ४७ महिलामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीकै थप १४ जना सँगै जिल्ला बाहिरका ११ जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।