धनगढीः कैलालीको अत्तरिया चौराहमा बसले मोटरसाईकललाई ठक्कर दिएको छ । ना ५ ख ९२ नम्बरको बसले विपरित दिशाबाट आउदै गरेको से ६ प ७५१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाईकल चालक गोदावरी नगरपालिका – ४ का ३८ वर्षिय जयराज सुवेदी र मोटरसाईलमै सवार २० वर्षिया मनिषा सुवेदी सामान्य घाईते भएको प्रहरीले जनाएको छ । उनिहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणम रहेको जनाईएको छ ।