• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा संक्रमण बढेको बढ्यै, नाकाबाट १२ हजार बढी परीक्षणबिनै घर कुदे

धनगढी: दुई महिनाअघि भारत गएकी कैलाली गोदावरीका तेज महरा सोमबार नेपाल फर्किए । रोजगारीका लागि भारतको बेङ्लोर गएका उनी कोरोना महामारी बढेपछि दुई महिनामै स्वदेश फर्किएका हुन् ।

‘उता महामारीले लैजाने डर भयो’, उनी भन्छन्, ‘विदेशमा खानै नपाइ मर्नु भन्दा स्वादेश आउनु ठीक लाग्यो ।’ आफू बसेको इलाकामै कयौंमा कोरोना संक्रमण पुष्टि भएपछि उनी स्वदेश आउने निष्कर्षमा पुगेका हुन् ।

दिल्लीबाट आएका लम्की चुहाका दीपक शर्मालाई पनि घर पुग्न हतारो छ । रोजगारीका लागि सात महिनाअघि दिल्ली गएका शर्मा आफूसँगै काम गर्नेलाई पनि कोरोना पुष्टि भएपछि स्वदेश आएका हुन् । ‘सँगै काम गर्ने सबै बिरामी भएपछि घर फर्किएको हुँ’, उनले भने ‘१२ वर्षकी छोरीले फोन गरेर बुवा छिटो आउनु घर, त्या धेरै डर छ भनेपछि रातारात नेपाल फर्किएँ’

लम्की चुहाका धनराज न्यौपाने पनि सोमबार दिल्लीमा घर फर्किए । कोरोको अघिल्ला लहरका बेला दिल्लीमै बसेका उनी यसपटक ज्यान जोगाउन भन्दै नेपाल आएका छन् । ‘उता पहिलाको भन्दा त्रास झन् बढेको छ । ज्यान जोगाउन भए पनि नेपाल आउनै पर्यो’, उनले भने ।

यी त केही पात्रा मात्रै हुन् । भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि कञ्चनपुरको गौरिफन्टा नाकाहुँदै दैनिक हजार बढी नेपाली घर फर्किरहेका छन् । उनीहरूमध्ये अधिकांशले भारतमा असुरक्षा भएको भन्दै घर फर्किएको बताएका छन् दार्चुलाकी बाग्मती ठगुन्ना पनि घर पुग्नै लाग्दा निकै खुसी देखिन्थिन् ।‘म धेरै खुसी छु । यहाँ सम्म पुगियो’ उनले संक्षिप्त जवाफ दिइन् ।

कञ्चनपुरका मानबहादुर बुढा भारतको हरीयानामा बस्छन् । त्यहाँ अत्यधिक कोरोना संक्रमण फैलिएपछि उनी घर फर्किएका हुन् । कयौँ सङ्क्रमितहरू अस्पतालमा भर्ना भएको र कयौँ अझै भर्ना हुन नपाएको दृश्य उनको आँखामा घुमिरहन्छ ।

‘अस्पतालमा भिडभाड छ । कयौँ भर्ना भएका छन् । कति अझै भर्ना हुन पाएका छैनन् । पिसिआर चेक गर्न पनि धेरै समय लाग्छ’ उनले भने ‘भारतमा धेरै समस्या भइरहेको छ ।’

सङ्कट छल्न र रोजगारी गुमाएर फर्किएका नेपालीहरूको स्वास्थ्य परीक्षणका लागि दिनेश ठकुल्ला, गणेश साउद लगायतका १५ जना स्वास्थ्यकर्मी त्रिनगर नाकामा महिना दिन देखि खटिएका छन् ।

उनीहरू दैनिक रूपमा भरतबाट फर्किनेहरूको सङ्ख्या बढीरहेको बताउँछन् । भारतमा सँगै रहेकाहरुमा पनि संक्रमण देखिन थालेपछि स्वदेश आएको उनीहरुको भनाइ छ ।

‘दिनप्रति दिन भारतबाट नेपाल आउनेको संख्या बढ्दो क्रममा छ’ गौरीफन्टा नाकामा खटिएका स्वास्थ्यकर्मी भन्छन्, ‘कोरोना पोजेटिभ भएकाहरु पनि स्वदेश फर्किरहेका छन् ।’

‘विगतका भारतको उच्च जोखिमका क्षेत्रहरूबाट आएकामा मात्रै संक्रमण पुष्टि हुन्थ्यो । तर, अहिले सबै क्षेत्रबाट आएकाहरूमा संक्रमण पुष्टि भइरहेको छ’ उनी भन्छन् ‘महामारी आउँदै छ, होइन भित्रिसकेको छ ।’

संक्रमण बढेको बढ्यै

चैत्र ३ गतेबाट गौरिफन्टा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको थियो । हालसम्म उक्त नाकाबाट नेपाल भित्रिएका एक हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार ४० दिनमा एक हजार २०९ संक्रमित भारतबाट नेपाल भित्रिएका छन् ।

१४ हजार १ सय ५२ जनामा गरिएको परीक्षणमा १ हजार ३०१ संक्रमित भएको ठकुल्लाले बताए । पछिल्लो केही दिनयता भारतबाट आउनेहरूमा अझै बढी संक्रमित फेला पर्न थालेको उनी बताउँछन् ।

सोमबार दिउँसो २ बजेसम्म ६२८ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट भित्रिएका सबैको कोरोना परीक्षण हुन सकेको छैन ।

४० दिनमा गौरीफन्टा नाकाहुँदै २६ हजार ३०५ जना नेपाली भित्रिएका छन् । तीमध्ये १४ हजार १ सय ५२ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ ।

सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.