धनगढी: नेपाली कांग्रेस डोटीले जिल्लामा कोरोना भाइरसबिरुद्ध लापरबाही बढीरहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको छ ।
कोरोना भाइरसको दोसो्र लहरले जोखिम बढाई रहेका बेला जिल्लामा आवश्यक तयारी नगरीएको भन्दै कांग्रेसले प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो ।
सभापती प्रदिप देउबा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई ध्यानाकर्षण पत्र बुझाउदै कोरोना भाइरसका कारण सिर्जित माहामारीका बेला स्थानिय सरकार र जिल्ला अस्पताल संबेदनशिल नभएको बताएका छन् ।
लापरवाही बढेका कारण प्रशासनको ध्यानाकर्षण गराएको सभापती देउबाले बताए । जिल्ला अस्पताल डोटीले जनताको स्वास्थ्य प्रति गम्भिर लापरवाही गरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
कैलालीको धनगढीमा स्थापना गरीएको अस्थायी कोरोना अस्पताल बिरामीले भरीभराउ भैसक्दा पनी जिल्ला अस्पताल डोटीले अहिले सम्म आईसियु कक्ष समेत निर्माण गर्न नसकेको उनको भनाई छ ।
कोरोना भाइरसले बिषम परीस्थिति भएका बेला जनताको स्वास्थ्य प्रति गम्भिर हुनुको सट्टा अस्पतालमा आफ्ना मान्छेलाई मेडिकल सुपरीटेण्डेण्ट बनाउने खेल चलको भन्दै उनले आक्रोस पोखे। माहामारीका बेला अस्पताल भित्र देखिएको यो बिकृतीले राम्रा, योग्य, इमान्दार र क्षमतावान कर्मचारी तथा चिकित्सकलाई हतोत्साहित बनाउने काम भएको कांग्रेसको ठहर छ ।
यस्तै साथै अस्पतालका बन्द दुइ एम्बुलेन्स तुरुन्त सञ्चालनमा ल्याउन कांग्रेसले माग गरेको छ । भेटमा प्रमुख जिल्ला अधिकारि खनालले कोभिड लगायका सबै बिषयमा प्रशासनको ध्यान पुगेको भन्दै आवश्यक तयारि भैरहेको जिकिर गरे।