धनगढी: डोटीको केआईसिंह गाउँपालिका वडानम्वर ७ भुमिराजमाण्डौमा वडा कार्यालय भवनको उद्घाटन भएको छ । शनिवार एक कार्यक्रमका साथ पालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले कार्यालय भवनको उद्घाटन गरेका हन् ।
कार्यालयको कुल ५९ लाख ५७ हजारमा दुइ तले भवन निर्माण सम्पन्न भएको छ । उद्घाटनसँगै काम काजसमेत सुरु गरिएको छ ।
कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष शाहीले जनताको पक्षमा काम गरिएको बताए । कार्यालयको भवन बनेसँगै भाडामुक्त वडा बनेको छ । नयाँ भवनमा कामकाज सुरु भएपछि स्थानीय खुसी छन् ।