धनगढी: कैलालीका एक जना कोरोना सङ्क्रमितको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।
जिल्लाको टिकापुर नगरपालिका १ ज्योतिनगरका ७० वर्षीय का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बल बहादुर रावलले जानकारी दिए ।
कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गराउन पुगेका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो ।
