• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा लालपूर्जा प्राप्तिमा नागरिकलाई सकस, जनप्रतिनिधि नै बाधक

टेकसिँह धामी/धनगढी: कैलालीको गोदावरी नगरपालिका–१ का लालबहादुर थापा २०६७ सालदेखि सोही वडाको विजय नगरमा बसोबास गर्दै आएका छन्। ४ कठ्ठा ऐलानी जमिन खरिद गरेका उनले हालसम्म लालपुर्जा पाएका छैनन्।

भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले अव्यवस्थित तथा सुकमबासी नागरिकको तथ्यांक संकलन थालेपछि थापालाई पनि जग्गाको पुर्जा पाउने आशा जाग्यो। १० वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएका उनलाई पुर्जा प्राप्तिका लागि निवेदन पेस गर्न खासै समस्या नभएपनि वडाका कारण हाल उनी अन्योलमा परेका छन्।

वडा कार्यालयले जग्गामा दुई दाजुभाइको हक दाबी परेपछि निवेदन दर्ता नगरिएको जनाएको छ। हाल लालबहादुर थापा बसेको जग्गामा उनकै भाइ लक्ष्मण थापाले पनि हकदाबी गरेका छन्। वडा नम्बर–१ का वडाध्यक्ष शर्मानन्द भट्टले भने, ‘त्यस्तो अवस्थामा जग्गाधनीको निवेदन दर्ता नगर्न आयोगले भनेको छ, सोही आधारमा हामीले विवादित जग्गाको निवेदन दर्ता गर्न रोकेका छौं।’

तर, भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगको निर्देशिकामा भने जग्गाको विवाद हुँदा स्थानीयलाई साक्षी बनाएर भोगचलनका आधारमा पुर्जाका लागि सिफारिस दिन सकिने उल्लेख छ।

जग्गाको लगत संकलन गर्दा विवाद देखिएमा स्थानीय नागरिकको रोहबरमा वडा कार्यालयले भोगचलन गर्ने व्यक्तिको नाममा सिफारिस दिन सक्ने व्यवस्था छ। भूमिसम्बन्धी समस्या समाधान गर्न बनेको आयोग कैलालीका कर्मचारी नन्दलाल पाण्डेले भने, ‘तर विवाद देखाएर आयोगमा निवेदन दर्ता गर्ने अवसरबाट जनतालाई वञ्चित गर्न आयोगले रोक लगाएको छैन। जग्गाको फैसला अदालतले गर्दै गर्छ।’

गोदावरीका स्थानीयले भने जग्गाको विवाद देखाएर वडा कार्यालय र जनप्रतिनिधिले अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई सिफारिस गर्न रोक लगाएको आरोप लगाएका छन्।

‘वडा कार्यालयमा कसैले जग्गाको हक अधिकार छ भनेर उजुरी दिनेबित्तिकै वडाले त्यस्ता व्यक्तिको फाइल रोक्ने गरेको छ’, गोदावरी नगरपालिका–१ का स्थानीय तारा भट्टले भने, ‘विवाद भएको जग्गा कसको हो भनेर जनप्रतिनिधिले सोधपुछसमेत गर्दैनन्। जनप्रतिनिधि नै बाधक बन्दा लालपुर्जा प्राप्तिमा झन् सकस भएको छ।’ वडा कार्यालयको बेवास्ताका कारण धेरै नागरिकले जग्गामा हक दाबी देखाएर नागरिकलाई पुर्जा प्राप्त गर्नबाट रोक लगाउने गरेको उनले बताए।

 

शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.