धनगढी: कैलालीको बर्दगोरिया गाउँपालिकाका विद्यालय १० दिनका लागि बन्द भएका छन्। गाउँपालिकाका सम्पूर्ण विद्यालयहरु बिहीबार ९आज०देखि १८ गतेसम्मका लागि बन्द भएका हुन्।
बुधबार बसेको गाउँपालिकाको बैठकले पछिल्लो समय बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बलीराम डगौरा थारुले बताए।
उनले जिल्ला प्रशासन कार्यालय कैलालीको पत्र एवम् कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको बताएका छन्।
