धनगढी: कोरोना कहरका कारण झण्डै एक बर्षदेखि बन्द रहेको धनगढी फनपार्क पुनः सञ्चालनमा आएको छ । झण्डै १८ करोडमा खोलिएको फनपार्क र संगै रहेको रमाइलो मेला पनि आजदेखि सञ्चालनमा आएको हो ।
धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क कोहोरा कहरका कारण बन्द रहेको थियो । जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गर्दै फनपार्क सञ्चालन गरिएको सञ्चालक मध्येका एक श्याम विष्टले जानकारी दिए ।
फनपार्क बन्द हुँदा करोडौँ घाटा बेहोर्न परेको बताउँदै उनले सरकारी स्तरबाट कुनै सहुलियतसमेत नभएको बताए । फनपार्कमा स्वीमिङ पुलसहित वेब पुल, किड्स पुल, मल्ट्रिल्याण्ड स्लाइड, ट्युवलाईट स्लाइड, पेन्डुलम, म्युजिकल फनटेन, ब्रेक डान्सलगायतका जलविहारमा आनन्द लिन सकिने सेवा उपलब्ध छन् । फनपार्कमै रमाइलो मेला पनि राखिएको छ भने रेष्टुरेन्ट पनि रहेको छ ।