• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जनशक्ति नहुँदा ५ महिनाअघि जोडिएको आइसियु मेसिन अलपत्र

धनगढी: कोरोनाको दोस्रो कहर सुरु भएको छ । भारतबाट दैनिक सयौँको संख्यामा दार्चुलाबासी पनि भित्रिइरहेका छन् । सीमा नाकामा सामान्य चेकजाँचको व्यवस्थासमेत छैन ।

अस्पतालमा चेकजाँच गर्ने डाक्टर छैनन् भने जडान गरिएका उपकरण चलाउने जनशक्ति खोजिएको छैन । भारतसँग सीमा जोडिएको जिल्ला अस्पताल दार्चुलाको अवस्था दयनीय छ ।

सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले २५ मंसिर २०७७ मा जिल्ला अस्पताल दार्चुलामा उद्घाटन गरिएको भेन्टिलेटर शय्यासहितको आइसियु अझै सञ्चालनमा आएको छैन । जडान गरिएको ५ महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसियु प्रयोगमा नआएको हो ।

प्रदेश सरकारबाट प्राप्त २ वटा भेन्टिलेर शय्यासहित आइसियु कक्ष स्थापना गरिएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शय्यासहित आइसियु स्थापना गरेको थियो ।

कोभिड(१९ का संक्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएका आइसियुका लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले ५ महिनाअघि प्रदान गरिएको भेन्टिलेटर हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो । कोरोनाका बिरामी बढ्दै गएपछि प्रदेश सरकारले गत मंसिरमा उक्त भेन्टिलेटर जिल्ला अस्पताललाई उपलब्ध गराएको थियो ।

५ महिनाअघि नै जडान गरिएको आइसियु दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल दार्चुलामा कार्यरत ल्याब असिस्टेन्ट दीपक विष्टले बताए । अहिले आइसियु चलाउन सक्ने जनशक्ति छैन ।

गत मंसिरमा कोरोना भाइरसका गम्भीर बिरामीलाई उपचार गराउने उद्देश्यले भेन्टिलेटरसहितको आइसियु कक्षमा उपकरण जडान गरिएको थियो । तर, विशेषज्ञ जनशक्ति अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन नसकिएको विष्टको भनाइ छ ।

विशेषज्ञ चिकित्स अभावमा आइसियु कक्ष सञ्चालनमा ल्याउन सकिएको छैन । अहिले अस्पतालमा कार्यरत ४ जना डाक्टर बिदामा छन् । अस्पतालमै सामान्य चेकजाँचका लागिसमेत डाक्टर छैनन् ।

आइसियु कक्ष सञ्चालनमा आउन नसक्दा गम्भीर बिरामीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता कायमै छ । आइसियु उद्घाटन क्रममा सरोकारवाला निकायले गम्भीर खालका विरामीलाई जिल्लामै उपचार गराउन सकिने बताएका थिए ।

तर, ५ महिना हुँदा पनि आइसियु सञ्चालन भए-नभएकोबारे सरोकारवाला निकाय उदासीन बनेको स्थानीयको आरोप छ । कोरोनाका मात्रै नभएर अन्य गम्भीर बिरामीलाई पनि आइसियुमा राख्नुपर्ने हुन्छ । तर, त्यस्ता बिरामीलाई बाहिर पठाउनु परिरहेको अस्पतालले जनाएको छ ।

‘पछिल्लो समय जिल्लाका १ जनामा कोरोना देखिएपछि अस्पतालमै राखिएको छ’, जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले भने, ‘बिरामीलाई १० दिनसम्म अस्पतालमा राख्नुपर्ने हुन्छ । जनशक्ति व्यवस्थापन गर्न सकिएको छैन ।’

भारतबाट अहिले दैनिक ८० देखि सय हाराहारी नेपाल भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्यांकअनुसार १० चैतयता दार्चुलाका खलंगा, तिगरम, दत्तु, जोलजीवी र लाली नाका भएर ३ हजार ३ सय २४ जना नेपाली घर फर्किएका छन् ।

प्रहरी निरीक्षक पुष्कर ऐरका अनुसार तिगरम नाका भएर ३२० महिला र ३८५ पुरुष भित्रिएका छन् । सदरमुकाम खलंगा नाका भएर १७८ महिला र १ हजार १४० जना पुरुष नेपाल भित्रिएका छन् ।

यस्तै, दत्तु नाका भएर १३२ महिला र ५५१ पुरुष नेपाल आएका छन् । मालिकार्जुनको जोलजीवि नाका भएर ११४ महिला र १ सय पुरुष तथा लाली नाका भएर १९६ महिला र ३१५ पुरुष नेपाल भित्रिएको प्रहरीको तथ्यांक छ । सदरमुकाम खलंगामा चेकजाँचको व्यवस्था गरिए पनि अन्य नाकामा यस्तो व्यवस्था छैन ।

जिल्ला अस्पताल दार्चुलामा डाक्टर नहुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ । ४ जना कार्यरत रहेको जिल्ला अस्पतालका सबै डाक्टर जिल्लाबाहिर गएका छन् । अस्पतालमा डाक्टर अभाव हुँदा बिरामीको चेकजाँचमा समस्या भएको छ ।

१ सातादेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत ४ जना डाक्टर नै जिल्लाबाहिर गएपछि अस्पतालमा बिरामीको चेकजाँचमा समस्या भएको छ । अस्पतालका नवौँ तहका मेडिकल सुपरिटेन्डेन्ट र आठौँ तहका मेडिकल अधिकृतको दरबन्दी वर्षौंदेखि रिक्त छ ।अस्पताल स्थापनादेखि अहिलेसम्म नवौँ तहको डाक्टर जिल्ला अस्पताल नआएको अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डागाले बताए ।

अस्पतालमा हाल छात्रवृत्ति करारका डाक्टर आदर्श लिम्बु, पूजा बम र नीवन किशोर मल्ल कार्यरत छन् भने सुदूरपश्चिम प्रदेश सरकारले करारकै देवेन्द्र नेगीलाई पठाएको छ ।

प्रशासनका अनुसार अस्पतालका प्रमुख डा। आदर्श लिम्बु गत १८ चैतबाट काठमाडौंको गोष्ठीमा सहभागी हुन गएका छन् । यस्तै, पूजा बम र नवीन किशोर मल्ल शनिबारदेखि बिदा र प्रदेश गोष्ठीमा गएका छन् भने देवेन्द्र नेगी २२ चैतबाट बिदामा गएका हुन् ।

अहिले अस्पतालमा विरामी चेकजाँच गर्न समस्या भएपछि गोकुलेश्वर अस्पतालबाट डाक्टर मियाज अन्सारीलाई बोलाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बरदत्त भट्टले बताए ।

शुक्रबार, बैशाख ०३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.