भोज मन्नी
मसुरिया २९ चैत/गौरीगंगा नगरपालिका ९ स्थित जरही कटान र शान्तिपुर जोड्ने झोलुंगे पुलको आइतवार उद्घाटन गरिएको छ । गौरीगंगा नगरपालिका प्रमुख भिम बहादुर देउवाले झोलुंगे पुलको उद्घाटन गरेका हुन् । पुल बनिसकेकोले अब स्थानीयले रेखदेख गर्नुपर्ने कुरा देउवाले बताए ।पुल बनेपछि स्थानीयबासीलाई आवत जावत गर्न सहजता भएको छ । झोलुंगे पुलको उद्धाटन भएपछि कार्यक्रमा सहभागी भएका स्थानीयबासीहरु खुशी भएका छ्न ।
वर्षौंदेखि सो ठाउँमा पुल नहुदा वर्षाको समयमा कटैनी खोलामा समस्या हुने गरेको थियो । आफन्त कहाँ भेट्न जादा पनि ४ किलोमीटर घुमौरो बाटो भएर जानुपर्ने बाध्यता रहेको थियो । झोलुंगे पुल बनेपछि कटैनी खोला तर्न झोलुङ्गे पुलमा सहजै ओहरदोहर गर्न सजिलो भएको स्थानीय तारादेबी बिकले बताइन् ।
सुदूरपश्चिम सामुदायिक मंच धनगढी, कैलालीको सहयोगमा ५५ लाख ७५ हजार ३ सय १४ रुपियाँको लागतमा सो पुल निर्माण भएको हो । पुल बनेपछी वडा बासीलाई कटैनी खोला वारपार गर्न सजिलो भएको गौरीगंगा नगरपालिका ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए ।