धनगढी: नेपाल प्रेस युनियनले पत्रकार महासंघ कैलालीको अध्यक्षमा युनियन कैलालीका अध्यक्ष श्रवण देउवालाई आधिकारीक उम्मेदवार तोकेको छ । २५ गते हुने निर्वाचनका लागि युनियले देउवालाई अध्यक्ष र उनको प्यानललाई आधिकारीक तोकेको हो ।
केन्द्रिय अध्यक्ष बद्री सिग्देले पत्र उठाउँदै आधिकारीक उम्मेदवार तोकेको जानकारी दिएका हुन् । देउवा नेतृत्वको प्यानल चुनावी मैदानमा छ । उनकै नेतृत्वमा रहेको एलाईन्सबाट चार जना भने निर्वीरोध निर्वाचित भईसकेका छन् ।

